: नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी र मुलुकलाई अघि बढाउन केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य भएको बताएका छन्।
सोमबार भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीको टिमबाट सचिवका उम्मेदवार बस्नेतले कम्युनिस्ट आन्दोलन हाँक्न सक्ने, पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सक्ने नेताहरूको टिम ओलीले बनाएको समेत बताए।
बस्नेतले ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षमा दोहरिएर सहमति गरेको भए उत्तम हुने भएपनि त्यसो हुन नसकेकाले पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्ने र गुटबन्दी बढ्ने सम्भावना बढेको धारणा राखे।
केपी ओलीको टिमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामहादुर थापा, गुरु बराल लगायत छन् भने महासचिवमा शंकर पोखरेललाई नै दोहराइएको छ।
त्यस्तै उपमहासचिवमा रघुवीर महासेठ, भानुभक्त ढकाल, लेखराज भट्ट लगायत छन् भने सचिवमा पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत लगायत उम्मेदवार छन्।