चोरी आरोपमा हिरासतमा रहेका युवक मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका पुरुष मृत अवस्थामा फेला परेका हुन्।
सोमबार राति ३ बजे प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार, रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुत राज तामाङविरुद्ध चोरीको आरोपमा निवेदन परेको थियो। उक्त मुद्दामा अनुसन्धान गर्न उनलाई आइतबार पक्राउ गरी हिरासतमा राखिएको थियो ।
सोमबार बिहान ३ बजेको समयमा उनी शौचालयमा मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।