मुख्य समाचार
साथीले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु
साथीले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

— मकवानपुरको मनहरीमा साथीले बोकेको भरुवा बन्दुक पड्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका–६ वालभञ्ज्याङका ५० वर्षीय सेते थिङको साथीले बोकेको भरुवा बन्दुक पड्किँदा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

यहाँको सिस्नेरीपखेरा जंगलमा राक्सिराङ गाउँपालिका–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोन भरुवा बन्दुक बोकेर अगाडि–अगाडि हिँडिरहेका थिए भने सेते पछाडि–पछाडि हिँडिरहेका थिए । उनीहरू शिकार खेल्न गएका थिए ।

अगाडि हिँडिरहेका गोपाल लहरमा अल्झिएर लड्दा बन्दुक पड्किँदा पछाडि हिँडिरहेका सेतेलाई लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी राजुप्रसाद कुर्मीले बताए ।

प्रहरीले दुई थान भरुवा बन्दुकसहित गोपाल ब्लोनलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...