— इन्टर मिलानले आइतबार इटालीको सिरी ए मा जेनोआलाई २–१ ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
उपाधिको होडमा रहेका अन्य टिम जित्न असफल रहेपछि इन्टरलाई फाइदा पुगेको हो ।
एसी मिलान ससुलोको हातबाट २–२ को बराबरीमा रोकियो भने डिफेन्डिङ च्याम्पियन नेपोली युडिनेजीसँग १–० ले पराजित रह्यो । इन्टरको ३३ अंक भएको छ । उसको पछाडि मिलानको ३२ र नेपोलीको ३१ अंक छ ।
इन्टरको जितमा यान बिसेक र लउटारो मार्टिनेजले गोल गरे । जेनोआका तर्फबाट ओलिभेराले एक गोल फर्काए ।