मुख्य समाचार
राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

: राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो सुझाव दिएका हुन्।

राष्ट्रपति पौडेलले आगामी चुनावलाई प्रभावित नहुने गरी काम गर्न पनि सरकारलाई सुझाव दिए।


उनले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिए। सो अवसरमा राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री सुशील कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी थिइन्।

राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीले महासचिवमा शंकर पोखरेललाई नै बनाउने भएका छन्। एमालेको निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि शीर्ष नेताबिच छलफल पश्चात उनले पोखरेललाई नै महासचिवको उम्मेदवार बनाउन लागेको स्रोतको भनाई छ। महासचिवका लागि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको पनि दाबी थियो। उनीहरुलाई उपाध्यक्षमा लैजाने ओलीको ...
: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय संसद सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगत २४ वर्षदेखि निरन्तर संसदको प्रभावकारीतामाथि प्रश्न उठ्ने गरेको भन्दै आगामी दिनमा संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्। विगतका गतिविधिलाई समिक्षा गर्दै ...
: नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको कोटा सुनिश्चित गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले प्रत्येक भूगोलबाट एक जना ४० वर्षमुनिका युवाको कोटा राख्ने प्रस्ताव पेस गरेका हुन्। योसँगै भौगोलिक क्षेत्रका रूपमा राजधानीसहित ८ प्रदेशबाट ४० वर्षमुनिका एक युवासहित खुला ६ जना र महिला ३ जनाको कोटा निर्धारण भएको एमालेले ...
: बस र स्कुटर ठोकिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी स्याङ्जाको पुतलीबजार नगरपालिका-७ भारकोटका स्कुटर चालक ५१ वर्षीय लेश बहादुर थापाको मृत्यु भएको हो। म्याग्दे गाउँपालिका-६ मौरीभीरस्थित सडकमा ग.१ ख ९४०६ नम्बरको बस र गण्डकी एएबि ०१८६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ...
: सुनसरीको विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। बेवारिसे अवस्थामा तथा ओसारपसारको तयारीमा लुकाइ राखिएको गरी जम्मा ९ सय १७ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ बाट ११ वटा बोरामा प्याक गरी राखिएको ५ ...