: वीपी राजमार्गको नमोबुद्ध -२ पात्लेगाउँमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। अरनिको यातायात समितिको बसको ठक्करबाट पैदल यात्रु नमोबुद्ध -२ का ६८ वर्षीय पोस्ट बहादुर कटुवाल रहेको एसपी कोमल शाहले जानकारी दिए ।
वृद्धलाई ठक्कर दिने बागमती प्रदेश ०१ -००६ ख ४८०८ नम्बरको रामेछाप जाँदै गरेको बस प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनास्थलमा शव उठाउने प्रक्रियामा रहेको एसपी शाहले जानकारी दिए ।