मुख्य समाचार
सिरहा कांग्रेसद्वारा २३ उम्मेदवार सिफारिस
सिरहा कांग्रेसद्वारा २३ उम्मेदवार सिफारिस

: फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिरहाले २३ जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। जसमा ४ वटा निर्वाचन क्षेत्रका लागि ८ जना प्रत्यक्षमा र १५ जना समानुपातिकतर्फ छन्।

निर्वाचन क्षेत्र–१ मा केन्द्रीय सदस्य पदम नारायण चौधरी र लहान नगर सभापति सञ्जयकुमार यादवलाई प्रत्यक्षमा र नेपाल महिला संघकी केन्द्रीय सभापति उषा राउत, नेविसंघ पूर्व केन्द्रीय सह–महामन्त्री प्रमेश्वर साह र जिल्ला सदस्य शर्मिला पोखरेलको नाम सिफारिस गरेका छन्। जसमा जेन–जी युवापुस्ता ४० वर्ष मुनिका साह र पोखरेल छन्।

क्षेत्र–२ प्रत्यक्षमा जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादव र समानुपातिकमा केन्द्रीय सदस्य अस्ट्रेलियाकी राजदूत चित्रलेखा यादवको नाम सिफारिस भएको हो। क्षेत्र–३ प्रत्यक्षमा जिल्ला सहसचिव रामबाबु यादव, पूर्वप्राध्यापक मधुसूदन यादव र समानुपातिकमा मधेस प्रदेश महामन्त्री तथा मधेस सरकारको नीति आयोग सदस्य उपेन्द्र यादव, कौशल मण्डल, अरुण सदाय र कुसुम कुमारी यादवको नाम सिफारिस गरेको हो।


क्षेत्र–४ प्रत्यक्षमा केन्द्रीय सदस्य मञ्जु खाँड, संविधानसभा सदस्य डा. गणेशकुमार मण्डल र हज समितिका केन्द्रीय अध्यक्ष मोहम्मद मुख्तार अहमद त्यसैगरी समानुपातिकमा अरुणकुमार सिंह, रमेश न्यौपाने, रामएकवाल यादव, रामकृष्ण पोखरेल, नागेश्वर भुडेर, अरहुलिया मुखियाको नाम सिफारिस भएको हो।

यसैगरी, राष्ट्रिय सभाका लागि सिरहा–१ बाट सूर्य नारायण यादव र वसन्ती सदाय सिरहा–२ बाट संविधानसभा सदस्य अमियकुमार यादव र सिरहा–३ बाट मोहम्मद इजहारुल हकको नाम सिफारिस गरेर पठाएका छन्।

कांग्रेस जिल्ला सचिव शैलेन्द्र यादवका अनुसार नेपाली कांग्रेसको विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिम योग्यता पुगेका उम्मेदवारहरूलाई क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका उम्मेदवारहरूलाई व्यवस्थापन गरेर प्रदेश र केन्द्रीय कार्यसमितिलाई पठाइएको छ।

दुई निर्वाचन क्षेत्रमा विवाद

उम्मेदवाहरूको नाम सिफारिसमा क्षेत्र–१ र ३ मा विवाद देखिएका छन्। क्षेत्रीय कार्यसमिति १ ले प्रत्यक्षमा रामसुन्दर चौधरी र पद्मनाराण चौधरीको नाम सिफारिस गरेको थियो। जिल्लामा त्यसमा रामसुन्दरको नाम हटाएको छ। यसैगरी, क्षेत्र–३ का क्षेत्रीय कार्यसमितिले प्रत्यक्षमा पूर्वकेन्द्रीय कोषाध्यक्ष पूर्वमन्त्री सीतादेवी यादव र समानुपातिमा अमर रेग्मी, जीवछ गुप्ता र जगतारैन कामतीको नाम सिफारिस गरेको थियो। तर, जिल्ला कार्यसमितिको सिफारिसमा यी कुनै उम्मेदवारहरूको नाम उल्लेख छैन।

क्षेत्र–३ का सभापति सञ्जय प्रकाश यादवका अनुसार आफूले क्षेत्रबाट सिफारिस भएको उम्मेदवारहरूको नाम जिल्ला सचिव शैलेन्द्रलाई टिपाएको र प्रदेश, केन्द्रलाई इमेल गरेका छौं। यता, जिल्ला सचिव शैलेन्द्रले क्षेत्रीय समितिले गरेको निर्णय जिल्लालाई नबुझाएका बताएका छन्।

जिल्ला अधिवेशनकै विवाद अझै जारी

जिल्ला अधिवेशनको निर्वाचनमा रामसुन्दर चौधरीले रामचन्द्र यादवसँग प्रतिस्पर्धा गरेका थिए। जिल्ला कार्यसमितिको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै चौधरी पक्षले बहिष्कार गरेका थिए। बहिष्कार मात्रै होइन, उनले जिल्ला समानान्तर समिति नै गठन गरेका थिए। त्यही बेलादेखिको विवाद नसुल्झिएको कांग्रेस एक नेता बताए। क्षेत्रीय समितिले सिफारिसको गरेको नामावलीमा जिल्लाले राय लेख्ने हो तर, यहाँ नियतवश उम्मेदवारहरूको नाम नै सिफारिसबाट हटाएको रामसुन्दर चौधरीको आरोप छ। मंसिर १५ गते केन्द्रले पठाएको उम्मेदवार सिफारिस सम्बन्धीको परिपत्र उल्लघंन भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीले महासचिवमा शंकर पोखरेललाई नै बनाउने भएका छन्। एमालेको निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि शीर्ष नेताबिच छलफल पश्चात उनले पोखरेललाई नै महासचिवको उम्मेदवार बनाउन लागेको स्रोतको भनाई छ। महासचिवका लागि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको पनि दाबी थियो। उनीहरुलाई उपाध्यक्षमा लैजाने ओलीको ...
: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय संसद सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगत २४ वर्षदेखि निरन्तर संसदको प्रभावकारीतामाथि प्रश्न उठ्ने गरेको भन्दै आगामी दिनमा संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्। विगतका गतिविधिलाई समिक्षा गर्दै ...
: नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको कोटा सुनिश्चित गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले प्रत्येक भूगोलबाट एक जना ४० वर्षमुनिका युवाको कोटा राख्ने प्रस्ताव पेस गरेका हुन्। योसँगै भौगोलिक क्षेत्रका रूपमा राजधानीसहित ८ प्रदेशबाट ४० वर्षमुनिका एक युवासहित खुला ६ जना र महिला ३ जनाको कोटा निर्धारण भएको एमालेले ...
: बस र स्कुटर ठोकिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी स्याङ्जाको पुतलीबजार नगरपालिका-७ भारकोटका स्कुटर चालक ५१ वर्षीय लेश बहादुर थापाको मृत्यु भएको हो। म्याग्दे गाउँपालिका-६ मौरीभीरस्थित सडकमा ग.१ ख ९४०६ नम्बरको बस र गण्डकी एएबि ०१८६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ...
: सुनसरीको विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। बेवारिसे अवस्थामा तथा ओसारपसारको तयारीमा लुकाइ राखिएको गरी जम्मा ९ सय १७ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ बाट ११ वटा बोरामा प्याक गरी राखिएको ५ ...