मुख्य समाचार
प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको एकता जरुरी रहेको बताए
प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको एकता जरुरी रहेको बताए

: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको एकता जरुरी रहेको बताएका छन्। कर्णाली प्रदेशको सुर्खेतमा शनिबार नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कम्युनिस्ट आन्दोलनको एकताकै लागि २०७४ सालमा बाम गठबन्धन बनाएर नेकपा एमाले र माओवादी केन्द्र बीचको एकतालाई संकेत गर्दै एक भएको कम्युनिस्ट आन्दोलन बचाउन नसकिएको बताए। उनले भने, ‘नेपालमा कम्युनिस्ट आन्दोलनको एकता जरुरी छ। त्यसका लागि हामीले विगतका कमिकमजोरीहरुको समीक्षा गरेर अहिलेको एकता भएको हो। हामी विगतका कमी कमजोरीहरू दोहोरिन दिँदैनौं।’


उनले कर्णाली र सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा ठूलो पाटी बन्ने दाबी समेत गरे। उनले भने, ‘हामीले विगतमा पार्टी एकताको लागि कार्यकर्ताहरूबाट सुझाव संकलन पनि गरेका थियौँ। त्यति बेला पार्टी एकता गरेर जाने हो भने सुदूर र कर्णालीमा सबैभन्दा ठूलो पार्टी बन्छ भनेर भनेका थिए। त्यसैले हामीले सुदूरबाट सुरुवात गरेको सन्देश सद्‌भाव बागमती बाहेक अन्तिम कर्णालीमा आयोजना गरेका हौं।’




प्रचण्डले भने, ‘कर्णाली सिजा सभ्यताका साथै क्रान्तिकारी परिवर्तनको ऐतिहासिक विरासत बोकेको छ। यहाँका सम्भावनाहरू प्रचुर छन्। तर ओझेलमा पारिएको छ। अब हामीले नयाँ संकल्पका साथ कर्णालीलाई विकासको मूलधारमा लिनका लागि कर्णालीलाई फोकस गर्नेछौँ। उनले नेपालमा १६ वटा कम्युनिस्ट घटकहरूको एकताका साथ देशको हितका लागि अभियानमा लागेको पहिलो रेकर्ड हो। हाम्रो पार्टीमा देशी विदेशीहरूको चासो बढेको छ। नेकपा एकाले भित्रका नेताहरू पनि नेपाली कम्युनिस्ट पार्टीका पक्षमा हुनुहुन्छ। बधाई पनि दिनुभएको छ। उहाँहरुले एमाले अधिवेशनमा कम्युनिस्ट एकताका पक्षमा छलफल गर्नुहुनेछ भन्ने विस्वास छ।’

कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टी इमान्दारहरुको पाटी भएको दाबी गरे। उनले मुलुकको हित, जनताको विकास र समृद्धिको सपना पुरा गर्न नेपाली कम्युनिस्ट पार्टी इमान्दार रुपमा लाग्ने बताए। प्रचण्ड नेतृत्वको सरकारले उल्लेख्य कामहरू गरेको दाबी गर्दै नेपालले भने, ‘नेपालमा राम्रो गर्न खोज्नेलाई प्रहार हुन्छ। प्रचण्ड जिको नेतृत्वको सरकारले सुशासन र विकासका पक्षमा राम्रो काम गरेको थियो। तर लामो समय टिक्न सकेन।’

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालमा आफ्नै विशेषताको समाजवादी जरुरी रहेको बताए। उनले देशलाई समाजवादतर्फ लैजान नेपाली कम्युनिस्ट पार्टीको विकल्प नरहेको बताए। उनले देशमा विदेशीहरूको हस्तक्षेप बढिरहेको बताउँदै मुलुकको हित र स्वाधीनताका पक्षमा नेपाली कम्युनिस्ट पार्टी कडा रूपमा उभिएको बताए।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले नेपालमा समाजवादको विकल्प नरहेको बताए। उनले आफूहरूले मुलुकमा समाजवाद ल्याउन नसके जेल हाल्न अनुरोध गरे। उनले जनताबाट भाग्न कसैलाई छुट नरहेको बताउँदै मुलुकको हित समाजवादबाटै रहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीले महासचिवमा शंकर पोखरेललाई नै बनाउने भएका छन्। एमालेको निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि शीर्ष नेताबिच छलफल पश्चात उनले पोखरेललाई नै महासचिवको उम्मेदवार बनाउन लागेको स्रोतको भनाई छ। महासचिवका लागि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको पनि दाबी थियो। उनीहरुलाई उपाध्यक्षमा लैजाने ओलीको ...
: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय संसद सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगत २४ वर्षदेखि निरन्तर संसदको प्रभावकारीतामाथि प्रश्न उठ्ने गरेको भन्दै आगामी दिनमा संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्। विगतका गतिविधिलाई समिक्षा गर्दै ...
: नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको कोटा सुनिश्चित गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले प्रत्येक भूगोलबाट एक जना ४० वर्षमुनिका युवाको कोटा राख्ने प्रस्ताव पेस गरेका हुन्। योसँगै भौगोलिक क्षेत्रका रूपमा राजधानीसहित ८ प्रदेशबाट ४० वर्षमुनिका एक युवासहित खुला ६ जना र महिला ३ जनाको कोटा निर्धारण भएको एमालेले ...
: बस र स्कुटर ठोकिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी स्याङ्जाको पुतलीबजार नगरपालिका-७ भारकोटका स्कुटर चालक ५१ वर्षीय लेश बहादुर थापाको मृत्यु भएको हो। म्याग्दे गाउँपालिका-६ मौरीभीरस्थित सडकमा ग.१ ख ९४०६ नम्बरको बस र गण्डकी एएबि ०१८६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ...
: सुनसरीको विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। बेवारिसे अवस्थामा तथा ओसारपसारको तयारीमा लुकाइ राखिएको गरी जम्मा ९ सय १७ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ बाट ११ वटा बोरामा प्याक गरी राखिएको ५ ...