मुख्य समाचार
विराटनगरमा ३ हजार किलो गाँजा नष्ट
विराटनगरमा ३ हजार किलो गाँजा नष्ट

: विराटनगरमा शनिबार ३ हजार किलो गाँजा नष्ट गरिएको छ। विराटनगरका विभिन्न स्थानबाट ३ वर्षको अवधिमा बरामद गरिएको ठूलो परिमाणको गाँजा आगो लगाएर जलाइएको हो।

आर्थिक वर्ष २०७८–०७० देखि चालु आर्थिक वर्ष २०८२–०८३ को हालसम्म इलाका प्रहरी कार्यालय रानी तथा त्यसअन्तर्गतका युनिटहरूले बरामद गरेको गाँजा एकै ठाउँमा संकलन गरी आगो लगाएर नष्ट गरिएको मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालले बताइन्। उनका अनुसार विभिन्न समयमा लागुऔषध कारोबार नियन्त्रणका क्रममा गाँजा बरामद गरेर राखिएको थियो।


आवश्यक प्रक्रिया पूरा गरेर विराटनगर महानगरपालिका–१६ स्थित दरैयामा गाँजा नष्ट गरिएको जानकारी चुँडालले दिइन्। इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई, जिल्ला अदालतका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको गाँजा एकमुष्ट रूपमा नष्ट गरिएको छ।

ठूलो परिमाणमा गाँजा नष्ट गर्नुले लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता देखिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। मोरङ जिल्ला लागुऔषधको ओसारपसार र कारोबारका दृष्टिले संवेदनशील मानिँदै आएको छ। खुला सिमाना र राजमार्ग नजिकका क्षेत्र प्रयोग गरेर गाँजा तथा अन्य लागुऔषध ओसारपसार हुने गरेको छ। गाँजा नष्ट गरिनुलाई लागुऔषध नियन्त्रणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीले महासचिवमा शंकर पोखरेललाई नै बनाउने भएका छन्। एमालेको निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि शीर्ष नेताबिच छलफल पश्चात उनले पोखरेललाई नै महासचिवको उम्मेदवार बनाउन लागेको स्रोतको भनाई छ। महासचिवका लागि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको पनि दाबी थियो। उनीहरुलाई उपाध्यक्षमा लैजाने ओलीको ...
: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय संसद सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगत २४ वर्षदेखि निरन्तर संसदको प्रभावकारीतामाथि प्रश्न उठ्ने गरेको भन्दै आगामी दिनमा संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्। विगतका गतिविधिलाई समिक्षा गर्दै ...
: नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको कोटा सुनिश्चित गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले प्रत्येक भूगोलबाट एक जना ४० वर्षमुनिका युवाको कोटा राख्ने प्रस्ताव पेस गरेका हुन्। योसँगै भौगोलिक क्षेत्रका रूपमा राजधानीसहित ८ प्रदेशबाट ४० वर्षमुनिका एक युवासहित खुला ६ जना र महिला ३ जनाको कोटा निर्धारण भएको एमालेले ...
: बस र स्कुटर ठोकिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी स्याङ्जाको पुतलीबजार नगरपालिका-७ भारकोटका स्कुटर चालक ५१ वर्षीय लेश बहादुर थापाको मृत्यु भएको हो। म्याग्दे गाउँपालिका-६ मौरीभीरस्थित सडकमा ग.१ ख ९४०६ नम्बरको बस र गण्डकी एएबि ०१८६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ...
: सुनसरीको विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। बेवारिसे अवस्थामा तथा ओसारपसारको तयारीमा लुकाइ राखिएको गरी जम्मा ९ सय १७ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ बाट ११ वटा बोरामा प्याक गरी राखिएको ५ ...