मुख्य समाचार
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबी सिंहले वर्तमान सरकार निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर नरहेको बताए
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबी सिंहले वर्तमान सरकार निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर नरहेको बताए

: नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबी सिंहले वर्तमान सरकार निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर नरहेको बताएका छन्। शनिबार कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको छिटौं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।


अध्यक्ष सिंहले नेपालमा सुशासन र विकासका लागि भएको जेनजी आन्दोलनको जगमा गठन भएको सरकारले पुरानै सरकारको लयमा गएको आरोप लगाए। उनले भने, ‘जेनजी आन्दोलनबाट गठन भएको सरकारले जेनजीकै भावनालाई समेट्न सकेको छैन। यो सरकारबाट मुलुकमा सुशासन र समृद्धिका लागि फास्ट्याकबाट कामहरू हुन्छन् भन्ने लागेको थियो। तर त्यसो भएन। बरु पुरानै दलका सरकारले गरिरहेका कामहरू जस्तै गतिमा उनी कामका निरन्तरता दिएको छ।’


उनले सरकार जेनजीको म्यान्डेट अनुसार चल्न नसकेको बताए। नेपालको समग्र निर्माण उद्योगकै छबि उच्च बनाउन आफूहरू लोनको भारी बोकेर घरबार गुमाएर विकास आयोजना निर्माणको कामहरू गरिरहेको बताउँदै सरकारले निर्माणसँग सम्बन्धित समस्या समाधानका लागि ठोस पहल गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...