मुख्य समाचार
ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव
ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव

। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन् ।

११ वर्ष पार्टी अध्यक्ष बनिसकेको र ६ वर्ष प्रधानमन्त्री भइसकेकोले उनले गर्नुपर्ने नयाँ काम केही बाँकी नरहेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

‘११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । ६ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले गर्नु पर्ने नयाँ काम केही बाँकी छ जस्तो लाग्दैन,’ पोखरेलले भने ।

महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले अगाडि भने, ‘अब कमरेड ओलीले यो पार्टीको अभिभावक हुनपर्छ भन्ने ठान्छु । आम रूपमा त्यही परिस्थिति छ ।’

उपाध्यक्ष पोखरेलले नेतृत्वको जिम्मा आफूहरूलाई दिनुपर्ने बताए ।

‘अब नेतृत्वको जिम्मा हामीलाई दिनुस् भन्न चाहन्छु । मेरो अवधारणा पढ्नुस् । साथ र समर्थनको अपेक्षा छ,’ उनले भने ।

उपाध्यक्ष पोखरेलले यो महाधिवेशनले एकताको महाधिवशेन हो भनेर सन्देश दिनु पर्ने बताए ।

उनले भने, ‘विगतका महाधिवेशनको स्मरण भइरहेको छ । खासगरी ५औँ महाअधिवेशन । त्यो महाधिवेशनमा जबज प्रस्ताव भएको थियो । त्यो महाधिवेशनले फरक मतको संरक्षण गर्ने कुराको ग्यारेन्टी गरेको थियो, जुन ऐतिहासिक पनि थियो । ५औँ महाधिवेशनले फरक मतलाई स्वीकार्ने कुरा कति महत्त्वपूर्ण रहेछ, आज पनि उत्तिकै महत्त्वपूर्ण रहेछ ।’

उनले अगाडि भने, ‘पार्टी सञ्चालनबारे हामीले पुनर्विचार गर्नु नपर्ने, वाह्य षडयन्त्रलाई जिम्मा लगायो हाम्रो कार्यभार सकियो, ५औँ महाधिवेशनपछि किन पार्टी फुट्यो छलफल भएन ।’

‘२०७१ सालमा कमरेड केपी वोली निर्वाचत हुनुभयो । हामी कुन सन्दर्भ थियो भने कमरेड ओली बिरामी हुनुहुन्थ्यो । हामी कमरेड ओली अध्यक्ष हुनपर्छ भन्न् ठान्थ्यौँ । उहाँले पार्टी जीवनको लोकतान्त्रीकरण र जबज भनेर एउटा किताब लेख्नु भएको छ । त्यसमा किन उमेरहद किन २ कार्यकाल उल्लेख छ । त्यसमा भूराजनीतिक भार लगायतका विषयमा गहन कुराहरू छन् । जुन कमरेडहरूले एकपटक पढ्नुस् भन्न चाहन्छु,’ उनले भने ।

१०औँ महाधिवेशन एउटा बाध्यता थियो भन्दै उनले नेकपामा समस्या आयो, तर त्यसबारे आत्मसमीक्षा नभएको बताए ।

उनले अगाडि भने, ‘अब हामी ११औँ महाधिवेशनको हलमा छौं । गत २२ भदौमा हामी जुन निष्कर्षमा पुगेका थियौँ, त्यो ठाँउमा रहेनछौं । सबै ध्वस्त भयो । वाह्य कारण प्रमुख हो कि आन्तरिक कारण निर्णायक हो यो प्रश्नको निराकारण गर्नैपर्छ ।’

हामीले सबै राम्रै राम्रो गर्यौं भन्दै आए पनि तर असफल किन भयौं भनेर प्रश्न गर्नुपर्ने बेला आएको उनले बताए ।

उनले भने, ‘हामीसँग राज्य संयन्त्र थियो । के राज्य संयन्त्र निकम्मा हो ? वा हामीबाट कमजोरी भयो ? कमजोरी भयो भन्नेतिर ध्यान दिनै पर्छ । हामीमा पर्याप्त कमजोरी थिए ।’

आफूले अध्यक्षसँग सल्लाह नै गरेरै अवधारणा पेस गरेको उनको भनाइ छ ।

‘हाम्रो नीति र बिधीमा समस्या छैन । हाम्रो नीति र व्यवहारमा समस्या रह्यो भन्ने कुरा स्वीकार्नै पर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएको उनाक प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सो चुनावलाई प्रभावित ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा सुरुङ अनुगमन गरेका छन् । आइतबार साँझ निर्माणस्थल अनुगमनमा पुगेका उनले सोही क्रममा रातिको समयमा पनि काम गर्न निर्देशन दिए । उनले कामदारको संख्या बढाएर रातिको समयमा पनि काम गर्न भनेका हुन् । त्यस्तै सडक निर्माणमा अवरोध गरिरहेका विद्युतीय पोल तत्काल सार्न पनि मन्त्री घिसिङले निर्देशन दिए । ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा सुरुङ अनुगमन गरेका छन् । आइतबार साँझ निर्माणस्थल अनुगमनमा पुगेका उनले सोही क्रममा रातिको समयमा पनि काम गर्न निर्देशन दिए । उनले कामदारको संख्या बढाएर रातिको समयमा पनि काम गर्न भनेका हुन् । त्यस्तै सडक निर्माणमा अवरोध गरिरहेका विद्युतीय पोल तत्काल सार्न पनि मन्त्री घिसिङले निर्देशन दिए । ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को एक पदका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको बढुवा समिति सचिवालयले गत शुक्रबार सूचना प्रकाशित गर्दै नेपाल स्वास्थ्य सेवाअन्तर्गत १२औँ तहमा बढुवा प्रक्रिया सुरु गरेको हो । प्रकाशित सूचनाअनुसार कार्यसम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गरिनेछ । सूचनामा गत असार मसान्तसम्म पाँच वर्ष ...
। नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् । उनले अब पदभन्दा बाहिर रहेर पार्टीको हितको काममा समर्पित रहने बताए । एमालेको ११औं महाधिवेशनको बन्द सत्रमा बोल्दै बडालले पछिल्लो समय आफूले जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्मस्वीकृति व्यक्त गर्दै यस महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय ...