मुख्य समाचार
अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गुपचुप इन्गेजमेन्ट गरेका छन्
अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गुपचुप इन्गेजमेन्ट गरेका छन्

। पछिल्लो फिल्म ‘धुरन्धर’ को कारण चर्चामा रहेका अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गुपचुप इन्गेजमेन्ट गरेका छन् । रामपाल आफैंले यो कुराको खुलासा गरे ।

साथै, प्रेमिका गेब्रिएलाले आफूहरूले चाँडै विवाह गर्न सक्ने बताएकी छन् ।

रामपाल हालै रिया चक्रवर्तीको पोडकास्टमा आफ्नी प्रेमिका गेब्रिएलासँग प्रस्तुत भए । दुवैले सम्बन्धको बारेमा छलफल गरे । कुराकानीको क्रममा गेब्रिएलाले भनिन्, “हामीले अझै विवाह गरेका छैनौं, तर हामी चाँडै विवाह गर्न सक्छौं ।’

रामपालले भने, “हामीले इन्गेजमेन्ट गरिसकेका छौं ।’ यो सुनेर रिया चक्रवर्ती छक्क पर्छिन् र सोध्छिन्, “के तपाईंको इन्गेजमेन्ट भैसकेको हो ? रामपालले जवाफ दिए, “हो, हामीले यो कुरा तपाईंको शोमा भनेको थियौं ।’

चक्रवर्तीले पनि पोडकास्टको प्रोमो जारी गर्दै जोडीलाई बधाई दिएकी छिन् । उनले लेखिन्, “शहरको सबैभन्दा राम्रो जोडीलाई बधाई ।’

रामपालले सन् १९९८ मा मोडेल मेहर जेसियासँग विवाह गरेका थिए । पहिलो विवाहबाट यी दम्पतीका दुई छोरीहरू छन्, महिका र मायरा । २० वर्षको विवाहपछि अर्जुन रामपाल र मेहरको सम्बन्धविच्छेद भयो । मेहरले छोरीहरूको हेरचाह गर्छिन् ।

मेहरसँग सम्बन्धविच्छेद गरेपछि, सन् २०१९ मा, अर्जुनले मोडेल गेब्रिएलासँगको आफ्नो सम्बन्धको पुष्टि गरे र उनी गर्भवती भएको खुलासा गरे ।

गेब्रिएलाले जुलाई २०१९ मा छोरा एरिकलाई जन्म दिइन् । ४ वर्षपछि, गेब्रिएलाले सन् २०२३ मा दोस्रो छोरा एरिवलाई जन्म दिइन् । ६ वर्षको डेटिङ पछि, यो जोडीले चाँडै विवाह गर्न सक्छ ।

हलमा प्रदर्शन भैरहेको फिल्म ‘धुरन्धर’ मा रामपालले मेजर इकबालको नकारात्मक भूमिका निर्वाह गरेका छन् । उनको चरित्र र फिल्म दुवैले दर्शकबाट आलोचनात्मक प्रशंसा पाइरहेको छ । फिल्मले नौ दिनमा मात्र ३०० करोडभन्दा बढी कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अहिलेको समयमा सर्वाधिक लोकप्रिय भारतीय गायकहरूमध्येका एक हुन्, अरिजीत सिंह । उनले आफ्नो सांगीतिक करियरमा कैयौँ सुपरहिट गीतहरू दिएका छन् । चलचित्र गायनमा त उनले कब्जा नै जमाएका छन्। तर हिजो मंगलबार साँझ अकस्मात् उनले चलचित्र गायन अब रोक्ने घोषणा गरे । सामाजिक सञ्जालमार्फत गरेको उनको त्यस्तो घोषणापछि फ्यानहरू अचम्ममा परे । किन ? भनेर प्रश्नहरू ...
४ वर्षको पर्खाइपछि चर्चित के-पप ब्यान्ड बीटीएस सांगीतिक टूरमा फर्कदैछ । अहिले यो टूरको टिकटलाई यति धेरै मारामार भएको छ कि मेक्सिकोकी राष्ट्रपतिले नै दक्षिण कोरियाली समकक्षीलाई आफ्नो देशमा अझै शो थपिदिन अनुरोध गरेकी छिन् । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले सोमबार भनिन्, ‘मैले कोरियाका राष्ट्रपतिलाई चिठी त लेखेकी छु… अहिलेसम्म जवाफ त आएको छैन, तर आशा ...
। पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन् । सोमबारको ‘वाल स्ट्रिट जर्नल’ मा पूरा एक पानाको विज्ञापन नै छापेर आफ्ना कुराहरू राखेका छन् । ग्रामी विजेता गायकले सो विज्ञापनमा एउटा लामो माफीनामा लेखेका छन् । पछिल्ला वर्षमा उनले सामाजिक सञ्जालमार्फत यहुदी समुदायमाथि गरेको प्रहार र ‘नाजीवाद’ को समर्थन गरेकोमा पछुतो मान्दै ...
। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो । चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन हुनेगरी सो सम्बन्धी कानुन परिमार्जन गर्न लागिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानुनलाई परिमार्जनका लागि सांसदहरूले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिबिम्बित ...