मुख्य समाचार
ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन
ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन

। ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ ।

उनी सार्वजनिक पदमा पुगेको अनि त्यसपछि केही विवादमा जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त निर्णय गरेको हो ।
‘हाम्रो संस्थाका आफ्नै मूल्यमान्यता र विश्वास छन् । कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीहरुमाथि सार्वजनिक रुपमा नै प्रश्न उठेपछि सम्बोधन हुनुपर्ने ठान्छौं’ कार्यसमितिका एक सदस्यले भने, ‘त्यसैले हामीले अहिलेलाई अस्थायी रुपमा उहाँका बारेमा त्यस्तो निर्णय लिएका हौं।’

उनका अनुसार विवाद सुरू भएदेखि नै उनलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिएको थियो। तर उनले अस्वीकार गरेकी थिइन् ।

तर विषयवस्तु स्पष्ट पारेमा निलम्बनबारे विचार हुनसक्ने उनले बताए।

उनका अनुसार, सविता भण्डारी बराल एक त सार्वजनिक पदमा पुगेकी थिइन् । अर्कोतर्फ उनले नै गर्नुपर्ने निर्णयका बारेमा समेत सार्वजनिक वृत्तमा प्रश्न उठेपछि निर्णय भएको उनले बताए ।

विश्वव्यापी रुपमा भ्रष्टाचारको अनुगमन गर्ने र भ्रष्टाचार विरुद्ध वकालत गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरको रुपमा टीआई नेपाल सक्रिय छ । वरिष्ठ अधिवक्ता समेत रहेकी सविता भण्डारी बराल उक्त संस्थामा साधारण सदस्य छन् भने यसअघि पटकपटक कार्यसमितिमा पनि निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएको उनाक प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सो चुनावलाई प्रभावित ...
। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन् । ११ वर्ष पार्टी अध्यक्ष बनिसकेको र ६ वर्ष प्रधानमन्त्री भइसकेकोले उनले गर्नुपर्ने नयाँ काम केही बाँकी नरहेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । ‘११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । ६ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा सुरुङ अनुगमन गरेका छन् । आइतबार साँझ निर्माणस्थल अनुगमनमा पुगेका उनले सोही क्रममा रातिको समयमा पनि काम गर्न निर्देशन दिए । उनले कामदारको संख्या बढाएर रातिको समयमा पनि काम गर्न भनेका हुन् । त्यस्तै सडक निर्माणमा अवरोध गरिरहेका विद्युतीय पोल तत्काल सार्न पनि मन्त्री घिसिङले निर्देशन दिए । ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा सुरुङ अनुगमन गरेका छन् । आइतबार साँझ निर्माणस्थल अनुगमनमा पुगेका उनले सोही क्रममा रातिको समयमा पनि काम गर्न निर्देशन दिए । उनले कामदारको संख्या बढाएर रातिको समयमा पनि काम गर्न भनेका हुन् । त्यस्तै सडक निर्माणमा अवरोध गरिरहेका विद्युतीय पोल तत्काल सार्न पनि मन्त्री घिसिङले निर्देशन दिए । ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को एक पदका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको बढुवा समिति सचिवालयले गत शुक्रबार सूचना प्रकाशित गर्दै नेपाल स्वास्थ्य सेवाअन्तर्गत १२औँ तहमा बढुवा प्रक्रिया सुरु गरेको हो । प्रकाशित सूचनाअनुसार कार्यसम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गरिनेछ । सूचनामा गत असार मसान्तसम्म पाँच वर्ष ...