मुख्य समाचार
मुग्लिन-पोखरा सडक तोकिएकै समयमा सक्न मन्त्री घिसिङको निर्देशन
मुग्लिन-पोखरा सडक तोकिएकै समयमा सक्न मन्त्री घिसिङको निर्देशन

। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।

मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । पश्चिम खण्डमा भौतिक प्रगति ५९ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ८० प्रतिशत भएको छ ।

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किमीमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको उनले जानकारी दिए ।

उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा पुल निर्माणाधीन छ ।

गत आर्थिक वर्षमा पश्चिम खण्डको २५ किमी सडक चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३ दशमलव शून्य छ किमी कालोपत्र भएको आयोजना प्रमुख कुँवरले जानकारी दिए ।

उनका अनुसार ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम ११ वटै सम्पन्न भएका छन् ।

६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१ दशमलव पाँच किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किमी सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

आगामी १६ पुससम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ३ जेठ २०७८ मा सात अर्ब ४० करोड रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएको उनाक प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सो चुनावलाई प्रभावित ...
। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन् । ११ वर्ष पार्टी अध्यक्ष बनिसकेको र ६ वर्ष प्रधानमन्त्री भइसकेकोले उनले गर्नुपर्ने नयाँ काम केही बाँकी नरहेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । ‘११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । ६ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा सुरुङ अनुगमन गरेका छन् । आइतबार साँझ निर्माणस्थल अनुगमनमा पुगेका उनले सोही क्रममा रातिको समयमा पनि काम गर्न निर्देशन दिए । उनले कामदारको संख्या बढाएर रातिको समयमा पनि काम गर्न भनेका हुन् । त्यस्तै सडक निर्माणमा अवरोध गरिरहेका विद्युतीय पोल तत्काल सार्न पनि मन्त्री घिसिङले निर्देशन दिए । ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा सुरुङ अनुगमन गरेका छन् । आइतबार साँझ निर्माणस्थल अनुगमनमा पुगेका उनले सोही क्रममा रातिको समयमा पनि काम गर्न निर्देशन दिए । उनले कामदारको संख्या बढाएर रातिको समयमा पनि काम गर्न भनेका हुन् । त्यस्तै सडक निर्माणमा अवरोध गरिरहेका विद्युतीय पोल तत्काल सार्न पनि मन्त्री घिसिङले निर्देशन दिए । ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को एक पदका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको बढुवा समिति सचिवालयले गत शुक्रबार सूचना प्रकाशित गर्दै नेपाल स्वास्थ्य सेवाअन्तर्गत १२औँ तहमा बढुवा प्रक्रिया सुरु गरेको हो । प्रकाशित सूचनाअनुसार कार्यसम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गरिनेछ । सूचनामा गत असार मसान्तसम्म पाँच वर्ष ...