मुख्य समाचार
‘दक्षिण कोरियामा सीपयुक्त कामदार (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको रोक फुकुवा
‘दक्षिण कोरियामा सीपयुक्त कामदार (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको रोक फुकुवा

। ‘दक्षिण कोरियामा सीपयुक्त कामदार (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको रोक फुकुवा भएको छ । उच्च अदालत पाटनको आदेशपछि वैदेशिक रोजगार विभागले कार्यविधिमा तत्कालका लागि लगाएको रोक फुकुवा गरेको हो ।

विभागले भदौ ३१ गते एक सूचना जारी गर्दै कार्यविधिको कार्यान्वयन तत्कालका लागि रोकिएको जनाएको थियो । त्यसका विरुद्धमा परेको रिट निवेदनमा उच्च अदालतले रोक लगाउने सूचना कार्यान्वयन नगर्न/नगराउन आदेश जारी गरेको थियो ।

अदालतको आदेशपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कात्तिक २४ गते परिपत्र गर्दै भदौ ३१ को सूचना कार्यान्वयन नगर्न भनेको थियो ।

अदालतको आदेश जारी भएसँगै कार्यविधि कार्यान्वयनको चरणमा पुगेको छ । श्रम मन्त्रालयले ई–७ भिसामार्फत सीपयुक्त कामदार पठाउन ‘दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको थियो ।

विभागका निर्देशक टिकाराम ढकालले अदालतको आदेशपछि मन्त्रालयले गरेको परिपत्रका आधारमा भदौ ३१ को सूचना फिर्ता लिइएको बताए । विभागले एक सूचना जारी गर्दै उच्च अदालत पाटनको असोज ३१ को आदेश र श्रम मन्त्रालयको कात्तिक २४ को पत्रानुसार भदौ ३१ को सूचना कार्यान्वयन नगर्नु भनी आदेश प्राप्त भएकाले सो पत्रको कार्यान्वयन नहुने उल्लेख गरेको छ ।

मन्त्रालयले कार्यविधि जारी गरेर ई–७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने प्रक्रिया अघि बढेको थियो । श्रम मन्त्रालयले म्यानपावर कम्पनीमार्फत सीपयुक्त कामदार पठाउन पाउनेगरी कार्यविधि जारी गरेको थियो । त्यसलगत्तै कोरियास्थित नेपाली दूतावासलाई समेत मागपत्र प्रमाणीकरण गर्न परिपत्र गरिएको थियो । मन्त्रालयको परिपत्रपछि दूतावासले मागपत्र प्रमाणीकरण सुचारु भएको जनाएको थियो ।

सरकारको उक्त निर्णयका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले कार्यविधि कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । त्यसपछि विभागले कार्यविधि तत्कालका लागि रोकिएको भन्दै सूचना जारी गरेको थियो ।

विभागको उक्त सूचनाकाविरुद्धमा व्यवसायीहरू अदालत पुगेका थिए । सोही रिट निवेदनमा उच्चले पत्र कार्यान्वयन नगर्नु/नगराउनु भन्ने आदेश दिएको थियो ।

विभागका निर्देशक ढकालले अदालतको आदेशपछि विभागले जारी गरेको पत्र कार्यान्वयन रोकिएको बताए । कामदार पठाउने बाटो खुले वा नखुलेको विषयमा भने मन्त्रालय र विभाग अनविज्ञ देखिएका छन् ।

हाल कोरियाले दुई तरिकाले विदेशी कामदार भित्र्याउने गरेको छ । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत विश्वभरका १७ देशबाट कामदार लैजाने गरेको छ । ईपीएसमार्फत कामदार लैजाने देशहरूबाट नै कोरियाले ई–७ भिसामार्फत सीपयुक्त कामदार समेत लैजाने गरेको छ । नेपालबाट समेत ई–७ भिसामार्फत कामदार पठाउनेगरी श्रम मन्त्रालयले कार्यविधि बनाएको थियो । तर, उक्त कार्यविधिका कारण ईपीएस प्रणालीलाई असर पर्ने भन्दै चौतर्फी विरोध समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...
। बेलातयका आवासीय चिकित्सकहरूले न्यायोचित तलबवृद्धिको मागसहित फेरि पाँच दिने हडतालको आह्वन गरेका छन् । ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए)ले चिकित्सकलाई दिइने तलब र काम गर्ने अवस्था सन्तोषजनक नरहेको भन्‍दै यही डिसेम्बर १७, बिहान ७ बजेदेखि डिसेम्बर २२ बिहान ७ बजेसम्म हड्ताल आह्वान गरेको हो । विश्वमै उत्कृष्ट मानिन्छ बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) । ...
— प्रविधि कम्पनीहरूले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई प्लाटफर्ममा पहुँच दिए, उनीहरूलाई ३ करोड ३० लाख डलरसम्म जरिवाना लाग्ने व्यवस्थासहित अस्ट्रेलियाले कानुन कार्यान्वयनमा ल्याएको छ । 'सोसल मिडिया मिनिमम एज ऐन'ले राजनीतिक संवादको अधिकार उल्लंघन गर्ने र यसबारे अस्ट्रेलियाको सर्वोच्च अदालतले व्याख्या गर्नुपर्ने रेडिटले निवेदनमा भनेको छ । कुन प्लाटफर्मलाई प्रतिबन्ध लगाउने भन्ने कुरामा सरकारले एकरूपता ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामको घोषणापछि पनि शनिबार दुबै देशबीच लडाइँ जारी छ । ट्रम्पले शुक्रबार भनेका थिए, ‘दुवै देशका नेताहरुले आज (शुक्रबार) साँझदेखि सबै प्रकारका गोलीबारी रोक्ने सहमति जनाएका छन् । र मसँग गरिएको मूल शान्ति सम्झौतामा फर्किने निर्णय गरेका छन् ।’ तर शुक्रबार–शनिबार रातिसम्म गोलीबारी जारी रह्यो । यसैबीच, ...
— अमेरिकाले भेनेजुयलाको तेल बोक्ने थप ६ जहाजमाथि प्रतिबन्ध लगाएको छ । यसअघि बिहीबार मात्रै भेनेजुयलाको समुद्री तटबाट अमेरिकाले तेलको ट्यांकर कब्जामा लिएको थियो । उक्त ट्यांकर अमेरिकी बन्दरगाहमा ल्याउने लागिएको ह्वाइटहाउसकी प्रवक्ता कारोलिन लियभिट्टले बताएकी छिन् । भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोसँग नजिकको सम्बन्ध भएका केही मानिसलाई पनि अमेरिकाले प्रतिबन्धको सुचीमा राखेको छ । अमेरिकाले भेनेजुयलाको सरकारलाई ...