मुख्य समाचार
प्रचण्डले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी
प्रचण्डले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी

। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी गरेका छन् । कुलमानले जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको भन्दै प्रचण्डले त्यस्तो नगर्न चेतावनी समेत दिएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा छेद हाल्न खोज्याछन् । तिनले त्यसो नगरुन् भन्न चाहान्छु । कुलमानको बुद्धि फिरोस् ।’

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री छन् । मन्त्री पदमा रहँदै उनले उज्यालो नेपाल पार्टीमार्फत् राजनीतिमा पाइला चालेका छन् ।

यसै सन्दर्भमा प्रचण्डले वैगुनी पाराले कुलमानले पार नपाउने र जनताले पनि माफ नगर्ने टिप्पणी गरे । ‘यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन् । नेपाली जनताले यसो गरे भने तिनलाई धेरै माफ दिन्छ जस्तो मलाई लाग्दैन,’ प्रचण्डले भने ।

आफू प्रधानमन्त्री हुँदा नेपाल विद्युत् प्राधिकरणमा नियुक्त गरेको र लोडसेडिङ हटाउन सम्भव भएको तर कुलमानले त्यो कुरा बिर्सिएको प्रचण्डको टिप्पणी छ ।

‘प्रधानमन्त्रीको हैसियतले मैले टिपेर ल्याएँ, यो मान्छे राम्रो छ भनेर’ प्रचण्डले भने, ‘उनले पहिला–पहिला भनेको पनि हो फेरि प्रचण्डले हो मलाई बनाएको भनेर, कुरा बिर्सिएर अहिले लाजमर्नु । म यो भन्दा बढी भन्दिनँ बिचरा ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भक्तपुरका विभिन्न ठाउँहरुमा श्रंखलाबद्ध रुपमा चोरी गर्ने समूहा १० सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको मन्थली नगरपालिका–१३ घर भएका २० वर्षीय आशिष केसी, काभ्रेको धुलिखेलका २२ वर्षीय सरोज भुजेल, उदयपुर घर भएका ३० वर्षीइ दीपक गहतराज, मोरङका ३५ वर्षीय विशाल विश्वकर्मा, सिन्धुपाल्चोककी ३८ वर्षीया सरस्वती पुरी, भोजपुरका ३१ वर्षीय सरोज राई? भक्तपुरका ...
। अर्थमन्त्री रामेश्वर खनालले जातीय र भाषिक विविधता नेपालको सम्पत्ति भएको बताएका छन् । आइतबार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहबारमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता मुलुकलाई समृद्ध बनाउने आवश्यक कुरा भएको बताए । उनले विविध विधिताहरूको सही उपयोग गर्न नसकिरहेको बताए । कतिपय जातिहरूलाई अहिलेसम्म पनि चिन्न नसकिएको उनले ...
। राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् । राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच नेपालको संविधानको धारा २६६ उपधारा ३ बमोजिम प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेकी हुन् ।
। के कृत्रिम बुद्धिमत्ता अर्थात एआई केवल एउटा टूलमात्रै हो कि यसले मानिसका गम्भीर निर्णयहरुलाई समेत प्रभावित गर्ने तागत राख्छ ? अहिले यही प्रश्न सामाजिक सञ्जालमा मात्र होइन विश्वव्यापी प्रविधि उद्योगमा टड्कारो बनिरहेको छ। यस्तो सवाल उठ्नुको कारण बनेको छ अमेरिकामा भएको एउटा हत्याकाण्ड। अमेरिकामा एक महिलाको हत्या तथा आत्महत्याको टनामा च्याट जीपिटी जिम्मेवार रहेको आरोप मृतकको ...
। संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आइतबार बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो । आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँ बराबराको क्षति भएको प्रहरी निरीक्षक ...