मुख्य समाचार
नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग
नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग

। नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग गरेको छ ।

विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कात्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो ।

ढकालको केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएका बिरामीको कुटपिटबाटै मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । केन्द्रले भने ढकाल भाग्नका लागि भवनमाथिबाट हामफाल्ने क्रममा लडेर घाइते भएको र त्यसपछि उपचारका क्रममा मृत्यु भएको दाबी गरेको छ ।

स्वर्गीय ढकालका परिवारले सुधार केन्द्रभित्र कुटपिटबाटै मृत्यु भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् ।

पीडितको जाहेरीपछि केन्द्रका कर्मचारी र त्यहाँ उपचारका लागि राखिएका समेत ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले केन्द्रका कर्मचारी आशिष विकसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।



पीडितका मामा रामगोपाल भण्डारीले भान्जालाई १३ दिनअघि सुधार केन्द्रमा राखिएको, त्यसपछि परिवार र आफन्त कसैलाई पनि भेट गर्न नदिइएको र मृत्यु भएपछि मात्र खबर गरिएको बताए । डिपेन्डेन्टका रूपमा बेलायतमा बस्दै आएका ढकाल लागूऔषध दुर्व्यसनमा परेपछि उपचारका लागि नेपाल लगिएको थियो । उनलाई परिवारले कात्तिक २५ गतेदेखि केन्द्रमा राखेको थियो ।

मामा भण्डारीका अनुसार केन्द्रले तीन महिनाका लागि १ लाख रुपैयाँ रकम लाग्ने जनाएपछि पहिलो महिनाको ३० हजार रुपैयाँ भुक्तानी गरी सकिएको थियो । ‘भित्र राखेपछि कसैलाई भेट गर्नै दिइएन,’ उनले भने, ‘एकै पटक मृत्यु भएपछि मात्र खबर गरियो ।’

केन्द्रले चौतारी हस्पिटल प्रालिका नाममा नशा, स्नायू तथा मनोरोग अस्पताल पनि सञ्चालन गर्दै आएको छ ।

मृतक नारायण ढकालका बुवा धर्म ढकाल लगायत परिवारले आफ्नो छोराको हत्या गरिएको भन्दै पुनःस्थापना केन्द्रले नै उक्त घटनाको पूर्ण जिम्मेवारी लिनुपर्ने र दोषीहरुलाई कडा कारवाही गरिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
: हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैं र तिहार नजिकिँदै गर्दा खाडी देशहरूमा कार्यरत नेपालीहरू घर फर्कन थालेका छन्। वर्षभरि परिवारबाट टाढा रहेर काम गर्ने उनीहरूका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र पारिवारिक खुसी साटासाट गर्ने अवसर हो। तर हवाई टिकटको महँगो मूल्यका कारण धेरै नेपालीको घरफिर्ती योजना खर्चिलो बनेको छ। यूएईमा कार्यरत सुमन मुखिया तीन वर्षपछि ...
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...