मुख्य समाचार
सरकारले चुनावको वातावरण बनाउनेतिर ध्यान नदिएको टिप्पणी
सरकारले चुनावको वातावरण बनाउनेतिर ध्यान नदिएको टिप्पणी

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनावको वातावरण बनाउनेतिर ध्यान नदिएको टिप्पणी गरेका छन् ।

‘…नेताहरूको राहदानी रद्द र स्थानहद, निषेधाज्ञा । यही हो चुनावको वातावरण बनाएको ?’ ओलीको प्रश्न छ ।

भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारको म्यान्डेड आगामी २१ फागुनमा चुनाव गराउने म्यान्डेड रहको बताए । तर, त्यसअनुसारको जवातावरण बनाउन सरकारले आवश्यक गृहकार्य नगरेको आरोप लगाए ।

राजनीतिक दलहरूको विश्वास जित्ने काम सरकारले नगरेको बताए । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता हुन बाँकी रहेको, भागेका कैदीबन्दीलाई पनि फर्काउन बाँकी रहेको बताए ।

यस्तोमा सरकारले नेताहरूको राहदानी रद्द र स्थानहद तोकेको भनेर उनले सरकारले चुनावको वातावरण नबनाइरहेको बताएका हुन् ।

मतदानको स्वतन्त्रता सुरक्षित हुनुपर्ने र साचो प्रतिस्पर्धा हुन सक्ने वातावरणमा चुनाव हुँदा एमाले चुनावबाट नभाग्ने उनले बताए । तर, अहिले चुनाव हुने वातावरण नबनिरहेको उल्लेख गर्दै उनले प्रतिनिधिसभा पुनर्स्थापना हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भक्तपुरका विभिन्न ठाउँहरुमा श्रंखलाबद्ध रुपमा चोरी गर्ने समूहा १० सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको मन्थली नगरपालिका–१३ घर भएका २० वर्षीय आशिष केसी, काभ्रेको धुलिखेलका २२ वर्षीय सरोज भुजेल, उदयपुर घर भएका ३० वर्षीइ दीपक गहतराज, मोरङका ३५ वर्षीय विशाल विश्वकर्मा, सिन्धुपाल्चोककी ३८ वर्षीया सरस्वती पुरी, भोजपुरका ३१ वर्षीय सरोज राई? भक्तपुरका ...
। अर्थमन्त्री रामेश्वर खनालले जातीय र भाषिक विविधता नेपालको सम्पत्ति भएको बताएका छन् । आइतबार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहबारमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता मुलुकलाई समृद्ध बनाउने आवश्यक कुरा भएको बताए । उनले विविध विधिताहरूको सही उपयोग गर्न नसकिरहेको बताए । कतिपय जातिहरूलाई अहिलेसम्म पनि चिन्न नसकिएको उनले ...
। राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् । राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच नेपालको संविधानको धारा २६६ उपधारा ३ बमोजिम प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेकी हुन् ।
। के कृत्रिम बुद्धिमत्ता अर्थात एआई केवल एउटा टूलमात्रै हो कि यसले मानिसका गम्भीर निर्णयहरुलाई समेत प्रभावित गर्ने तागत राख्छ ? अहिले यही प्रश्न सामाजिक सञ्जालमा मात्र होइन विश्वव्यापी प्रविधि उद्योगमा टड्कारो बनिरहेको छ। यस्तो सवाल उठ्नुको कारण बनेको छ अमेरिकामा भएको एउटा हत्याकाण्ड। अमेरिकामा एक महिलाको हत्या तथा आत्महत्याको टनामा च्याट जीपिटी जिम्मेवार रहेको आरोप मृतकको ...
। संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आइतबार बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो । आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँ बराबराको क्षति भएको प्रहरी निरीक्षक ...