मुख्य समाचार
राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ सझदारी गरे अगाडी बढ्नुपर्ने बताए
राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ सझदारी गरे अगाडी बढ्नुपर्ने बताए

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ सझदारी गरे अगाडी बढ्नुपर्ने बताएका छन् ।

नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उहाँले तीन ठूला परिवर्तनका यी उपलब्धीहरूलाई जोगाएर राजनितिक दल, पराम्परागत शक्ति र नवपुस्ताबीच सझजदारी गर्नुको विकल्प नभएको बताएका हुन् ।

उनले २००७, २०४६ र २०६२/०६३ का उपलब्धीहरू प्रजातन्त्र, बहुदलिय व्यवस्था र समानुपातिक समावेशीतालाई सबैले स्वीकार गर्नुपर्ने पनि बताए । सबै शक्तिबीचको समझदारीमार्फत नै देशलाई अगाडी बढाउन सकिने उल्लेख गरे ।

‘नेपालका ठूला राजनितिक परिवर्तनहरू २००७ साल, २०४६ साल र २०६२/०६३ ती परिवर्तनहरूमा हामी कोही जन्मिएको थिएनौँ होला, कसैको कुनै परिवर्तनमा हाम्रो सहभागिता थिएन होला, ती परिवर्तनमा हामी कसैको सर्मथन थिएन होला,’ पोखरेलले भने, ‘तर ती तीन परिवर्तनका तीन महत्त्वपूर्ण उपलब्धीहरू २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलिय व्यवस्था र २०६२/०६३ को समावेशी र समानुपातिकता यी तीनवटा विषयलाई जोगाएर अब देशमा नयाँ सझदारी कायम गर्नुपर्छ ।’

हाल मृत अवस्थामा रहेको संविधानलाई व्युताएर मुलुकमा थप जोखिम निम्त्याउन नहुने उनको भनाइ थियो । निषेधको राजनिति, चरम भ्रष्टाचार, वेरोजगारी, संवैधानिक अंगहरूमा गरिएको दलियकरण लगायतका कारण भदौ २३ र २४ गतेको विद्रोह भएको बताए ।

अब देशलाई सबैले जित्नेगरी अगाडी बढाउनुपर्नेमा जोड दिँदै उनले एमालेको महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुन नहुने उल्लेख गरे ।

‘हाम्रा आ–आफ्ना राजनितिक दर्शन र मान्यताहरू रहेका छन् । कसैले यो संविधान विना यो देश नै चल्दैन भन्छौँ होला, कसैले पहिलेदेखि नै यो संविधान अपूर्ण छ, यो संविधान भन्ने चीज गीता, बाईवल, कुरान होईन, यो फेर्न नसकिने, यो संसोधन गर्न नसकिने होइन । यसलाई फेर्नुपर्न, संसोधन गर्नुपर्छ, मिलाएर जानुपर्छ, हामीले भनिराखेका थियौं,’ उनले भने, ‘वास्तवमा अहिले संविधान कहाँ छ ? संविधान त मरिसकेको छ । त्यसकारणले त्यो संविधानलाई जर्वजस्त व्युताएर देशलाई थप दुर्घटनामा लैजाने भन्दा पनि अब देशमा एउटा नयाँ समझदारी कायम गर्नुपर्छ । यो २३ र २४ गतेको त्यसलाई विद्रोह भन्नुहोस्, विध्वंस भन्नुहोस्, देशले जुन अकल्पनीय र अपूरणीय क्षति व्यहोर्नपर्‍यो । त्यसमा कसैको योजना र उक्साहटले पनि काम गरेको थियो होला ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए । उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न ...
। नेपाल जेन-जी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत पहिलो जागरण सभा झापा क्षेत्रनम्बर ५ बाट सुरु हुनेछ । सरकार र जेन-जी जनआन्दोलनकारीबीच भएको औपचारिक सम्झौतापछि नेपाल जेन-जी फ्रन्टले अभियान घोषणा गरेको हो । झापाको दमकबाट आजै अभियानको सुरु हुनेछ । यो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको ...
। नेकपा एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित गरिएको छ । एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ । जसमा प्रदेशगत प्रतिनिधित्व उपत्यकासहित सबै प्रदेशबाट एक/एक जना युवा आउनेछन् । एमालेको पार्टी संरचनामा ८ प्रदेश छ । यसो हुँदा ८ जना युवा यहाँबाट आउनेछन् । खुला कोटामा ...
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी गरेका छन् । कुलमानले जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको भन्दै प्रचण्डले त्यस्तो नगर्न चेतावनी समेत दिएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा आउन आग्रह गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको बताएका हुन् । ‘एमालेका साथीहरू तपाईँहरूको बाटो पनि यही हो । अर्को बाटो छैन । तपाईँहरू पनि एकताबद्ध ...