मुख्य समाचार
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ जना गम्भीर घाइते
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ जना गम्भीर घाइते

। अमेरिकाको रोड आइल्याण्ड राज्यमा अवस्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । आठ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विश्वविद्यालय रहेको शहर प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले गोलीबाट हताहती हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।

घटना स्थानीय समय अनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको थियो । गोली चलाउने व्यक्ति फरार छन् । कालो कपडा लगाएका ती व्यक्ति पैदलै भागेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले उनको खोजी जारी रहेको जनाएको छ ।

प्रहरीका अनुसार शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो तर गोली काण्डमा संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको छ ।

ब्राउन युनिभर्सिटी र सो आसपासका क्षेत्रमा रहेका मानिसहरुलाई घर बाहिर ननिस्किन भनिएको छ ।

यस घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी गरेका छन् । कुलमानले जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको भन्दै प्रचण्डले त्यस्तो नगर्न चेतावनी समेत दिएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा आउन आग्रह गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको बताएका हुन् । ‘एमालेका साथीहरू तपाईँहरूको बाटो पनि यही हो । अर्को बाटो छैन । तपाईँहरू पनि एकताबद्ध ...
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा आयोजित नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै यस्तो बताएका हुन् । ‘यी दुवै घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको ...
। धादिङको महादेव बेंसीमा माइक्रोबस दुर्घटनामा परेको छ । पोखराबाट काठमाडौं तर्फ आउँदै गरेको बा२ख ५०२६ नम्बरको माइक्रोबस शनिबार दिउँसो दुर्घटनामा परेको हो । ब्रेकफेल भएर सडकबाट करिब १५ मिटर तल माइक्रोबस खस्दा ११ जना घाइते भएको धादिङ प्रहरीले जनाएको छ ।
। नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको रोडम्यापसँग मेल खानेगरी उनले पनि निर्वाचनअघि नै सर्वपक्षीय सरकार बन्नुपर्ने जिकिर गरेका हुन् । शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले सर्वपक्षीय अन्तरिम सरकार बनाएर ...