मुख्य समाचार
बेलातयका आवासीय चिकित्सकहरूले न्यायोचित तलबवृद्धिको मागसहित फेरि पाँच दिने हडतालको आह्वन
बेलातयका आवासीय चिकित्सकहरूले न्यायोचित तलबवृद्धिको मागसहित फेरि पाँच दिने हडतालको आह्वन

। बेलातयका आवासीय चिकित्सकहरूले न्यायोचित तलबवृद्धिको मागसहित फेरि पाँच दिने हडतालको आह्वन गरेका छन् ।

ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए)ले चिकित्सकलाई दिइने तलब र काम गर्ने अवस्था सन्तोषजनक नरहेको भन्‍दै यही डिसेम्बर १७, बिहान ७ बजेदेखि डिसेम्बर २२ बिहान ७ बजेसम्म हड्ताल आह्वान गरेको हो ।




विश्वमै उत्कृष्ट मानिन्छ बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) । नि: शुल्क छ र सबैको पहुँचभित्र पनि । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमानमा सन् २०२४ मा बेलायतको स्वास्थ्य सेवामा लगभग ३१७ बिलियन पाउण्ड खर्च भइसकेको छ ।

सन् २०२४ मा स्वास्थ्य सेवा खर्चले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ११.१ प्रतिशत हिस्सा ओगटेको थियो, जुन २०२३ मा ११ प्रतिशत थियो ।




बेलायतको स्वास्थ्य सेवा प्रणालीका सबै पक्षका लागि एनएचएस जिम्मेवार छ । अहिले एनएचएस विश्वको सबैभन्दा ठूलो सार्वजनिक स्वास्थ्य प्रणाली मध्ये एक हो । यसले प्रत्येक ३६ घण्टामा औसत १० लाख मानिसहरूलाई सेवा दिन्छ ।

तर, सरकारले उचित सन् २०२५ मा गरिएको तलब वृद्धिपछि पनि रेजिडेन्ट डाक्टरहरूको तलब सन् २००८ को तुलनामा करिब २० प्रतिशत कम रहेको बीएमएको दाबी छ ।

ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) ले सन् २०२३ यता तलब र काम गर्ने अवस्था सम्बन्धी मागलाई लिएर इङ्ग्ल्यान्डमा चरणवद्ध हड्ताल आह्वान गर्दै आएको छ ।

बेलायत यतिखेर ‘सुपरफ्लू’ प्रकोपले आक्रान्त छ । इङ्गल्याण्डमा फ्लू भएका बिरामी अस्पतालमा भर्ना हुनेहरूको संख्या एक हप्तामा ५५ प्रतिशतले बढेको छ ।

गत हप्ता प्रत्येक दिन औसत २ हजार ६६० फ्लूका बिरामीहरू अस्पताल भर्ना भएका थिए । सन् २०२१ मा रेकर्ड राख्न सुरु भएदेखिकै सबैभन्दा उच्च हो यो । अघिल्लो हप्ता यो संख्या एक हजार ७ सय १७ थियो ।

तथ्याङ्कले स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा पनि फ्लूका केसहरू बढिरहेका देखाएको छ । स्वास्थ्य अधिकारीहरूले बालबालिका र युवाहरू विशेष गरी यस प्रकोपबाट प्रभावित भएका जनाएका छन् ।

यस्तो जटिल अवस्थामा तलबवृद्धिको मागसहित गत मार्च २०२३ देखि सुरु चिकित्सकहरूको हड्ताल यो १४औं हुनेछ। अघिल्लो महिना नोभेम्बर मध्यतिरमात्र उनीहरूले ५ दिनको हडताल गरेका थिए ।

बीबीसीका अनुसार, सरकारले सार्वजनिक क्षेत्रका तलव वृद्धिको गणना गर्न उपभोक्ता मूल्य सूचकांक (कन्जुमर प्राइस इन्डेक्स– सीपीआई) अनुसारको मुद्रास्फीति दर प्रयोग गर्दै आएको छ ।

तर, बीएमएका अनुसार धेरै रेजिडेन्ट डाक्टरहरूमाथि ठूलो मात्रामा विद्यार्थी कालको ऋण छ, जसको ब्याजदर फरक प्रकारको मुद्रास्फीति सूचकांक—रिटेल प्राइस इन्डेक्स (आरपीआई)—का आधारमा गणना गरिन्छ, जुन सीपीआईभन्दा उच्च हुन्छ।

सीपीआई मापनको आधारमा सरकारले रेजिडेन्ट डाक्टरहरूको हालको तलब न्यायोचित रहेको दाबी गरेको छ ।

यद्यपि, नफिल्ड ट्रष्ट नामक थिंक ट्यांकको विश्लेषणअनुसार सीपीआई प्रयोग गर्दा सन् २००८ यता तलब करिब ५ प्रतिशतले घटेको देखिन्छ भने आरपीआई प्रयोग गर्दा यो गिरावट झन्डै २० प्रतिशतसम्म पुग्छ।

स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले डाक्टरहरूलाई सरकारको पछिल्लो प्याकेज स्वीकारेर हडताल फिर्ता लिन अपील गरेका छन्।

सरकारको नयाँ प्रस्तावमा बेलायतका मेडिकल ग्रयाजुएट्सहरूलाई विशेष प्रशिक्षण भूमिकाहरूमा प्राथमिकता दिइने सुनिश्चित गर्न नयाँ कानून समावेश छ ।

यसमा आगामी तीन वर्षमा विशेष तालिम पदहरूको संख्यामा वृद्धि पनि समावेश छ जसमा एक हजारबाट चार हजारसम्म हुनेछ। अनिवार्य रहेको रोयल कलेज परीक्षा र आवासीय चिकित्सकहरूको सदस्यता शुल्कका लागि कोष पनि सम्झौताको एक हिस्सा छ ।

यसले सन् २००८ देखि वास्तविक सर्तहरूमा उनीहरूको तलबमा भएको क्षय पूर्ति गर्न आगामी केही वर्षमा २६ प्रतिशत तलब वृद्धि माग भने सम्बोधन गर्दैन् । यो पछिल्लो तीन वर्षमा उनीहरुको तलबमा भएको २८.९ प्रतिशत वृद्धि बाहेक हो ।

एसोसिएसनले सरकारी प्याकेज आसन्न हडताल रद्द गर्न पर्याप्त छ छैन भनेर अनलाइन सर्वेक्षण गरी आफ्ना सदस्यहरूसँग परामर्श गर्ने बताएको छ । मतदान पाँच दिने हडताल सुरु हुनुभन्दा दुई दिन अघि सोमबार बन्द हुनेछ ।

स्वास्थ्यमन्त्री स्ट्रिटिङले क्रिसमसमा रेजिडेन्ट डाक्टरहरूको हडतालले अघिल्लो हड्तालभन्दा धेरै फरक जोखिम हुने चेतावनी दिएका छन् । बेलायती प्रधानमन्त्री किअर स्टारमरले फ्लूको प्रकोप बढिरहंदा चिकित्सकको हडताल लापरवाह हुने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीले बेलायतभरि बढ्दो फ्लूका घटनाहरूका कारण कोरोनाभाइरस महामारी पछि एनएचएस सबैभन्दा अनिश्चित क्षणमा रहेको र हडतालले स्वास्थ्य सेवा प्रणाली एवं बिरामीहरूलाई गम्भीर खतरामा पार्ने चेतावनी पनि दिएका छन् ।

को हुन् आवासीय चिकित्सक ? कति छ तलब ?

तिनीहरू पहिले जुनियर डाक्टरको रूपमा चिनिन्थे, तर सेप्टेम्बर २०२४ मा सरकारले उनीहरूको विशेषज्ञतालाई राम्रोसंग प्रतिबिम्बित गर्न नाम परिवर्तन गर्ने सहमति गरयो ।

बेलायतको इष्ट एङ्ग्लिया विश्वविद्यालयका कन्सल्टेन्ट सर्जन तथा एसोसिएट प्रोफेसर डा. कमलराज अर्यालको भनाइमा चिकित्सा डिग्री पूरा गरेका आवासीय चिकित्सकहरू ‘क्वालिफाइड’ मानिन्छ । इङ्गल्याण्डका चिकित्सकमध्ये आवासीय चिकित्सकहरुको हिस्सा लगभग आधा छ । उनीहरु राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) र यसअन्तर्गत ‘ए एण्ड इ’ र जिपी सर्जरीमा समेत काम गर्छन्।

आफ्नो प्रारम्भिक डिग्री र अनिवार्य दुई वर्षको पोष्ट ग्रयाजुएट फाउण्डेशन तालिमपछि धेरैले मेडिसिन वा शल्यक्रिया क्षेत्रमा विशेषज्ञता हासिल गर्न रोज्छन्।

पूर्ण तालिममा लामो समय लाग्ने भएकाले केही आवासीय चिकित्सकहरूले भर्खरै मेडिकल स्कूल पूरा गरेका हुन सक्छन् । तर, एक दशक बढी व्यावहारिक अनुभव भएका चिकित्सक पनि छन् जसले धेरै पक्षमा जिम्मेवारी लिएका छन्।

आफ्नो मेडिकल डिग्री पूरा गरेपछिको पहिलो फाउण्डेशन इयरमा इङ्गल्याण्डका रेसिडेन्ट डाक्टरहरूले ३८ हजार ८३१ पाउण्ड वार्षिक तलब पाउँछन् र दोस्रो वर्षमा यो बढेर ४४ हजार ४ सय ३९ पाउण्ड पुग्छ।

चिकित्सकहरूले प्रायः रात्रीकालिन ड्युटी, सप्ताहन्त र लामो समय काम गर्दा अतिरिक्त भुक्तानी समेत पाउँछन्। आठ वर्ष वा सोभन्दा बढी समयपछि रेसिडेन्ट डाक्टरको तलब लगभग ७३ हजार पाउण्डसम्म बढ्न सक्ने जनाइएको छ ।

सन् २०२३ र सन् २०२४ मा उनीहरूको कुल २२ प्रतिशत तलब वृद्धि भएको थियो भने सन् २०२५ मा थप ५.४ प्रतिशत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम