। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनोनीत प्रतिनिधिहरूमा आफ्नो असहमति राखेका छन् ।
शुक्रबार बसेको पार्टी सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधिहरू मनोनीत गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार, शनिबार उद्घाटन सत्र सुरु हुनुअघि प्रकाशित नामावलीमा पोखरेलले आपत्ति जनाएका हुन् ।
नेताहरूका अनुसार, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल दुवैले छलफलपछिमात्रै प्रतिनिधि सार्वजनिक गर्ने बताइएको थियो ।
सोही अनुसार, दुई नेताबीच शनिबार बिहान छलफलपछि टुंगो लगाउने कुराकानी पनि भएको थियो । यद्यपि, एकलौटी सूची प्रकाशित गरिएको भन्दै पोखरेलले आपत्ति जनाएका हुन् ।