। नेपाली कांग्रेसले कालीकोटबाट प्रतिनिधि सभा निर्वाचनका लागि तीन जना आकांक्षीको नाम सिफारिस गरेको छ ।
युवा नेता भूपेन्द्रजंग शाहीसहित तीन जनाको नाम केन्द्रमा पठाइएको जिल्ला सभापति अम्बबहादुर शाहीले बताए ।
सिफारिस हुनेहरुमा सभापति शाही र सीता रावल पनि रहेका छन् ।
सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ । त्यसका लागि कांग्रेसले धमाधम उम्मेदवारका लागि आकांक्षीहरु सिफारिस गरिरहेको छ ।