मुख्य समाचार
उत्कृष्ट खेलाडी बन्दै रोहितले पाए कार
उत्कृष्ट खेलाडी बन्दै रोहितले पाए कार

— च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ खेल जितेर उपाधि चुमेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले पराजित गरेको हो । नेपाली राष्ट्रिय टिमका कप्तान पनि रहेका रोहितले एनपीएल दोस्रो सिजनमा २ सय ७६ रन बनाए । फाइनलमा उनले १२ बलमा १६ रन बनाए ।

दुवै सिजन गरेर रोहितले प्रतियोगितामा बनाएको रन संख्या ५ सय ५५ पुगेको छ । बलबाट पनि उनी उत्तिकै सफल रहे । उनले फाइनलमा १२ रनमा तीन विकेट लिए । यसक्रममा उनले ह्याट्रिक गरेका हुन् ।

यस सिजन उनले लिएको विकेट संख्या १० पुगेको छ । उत्कृष्ट खेलाडी चुनिएसँगै उनले 'जेइको जे–५' एसयूभी पनि जिते । उनी एनपीएल प्रतियोगिताको इतिहासमै सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

यसैगरी लुम्बिनीका रुबेन ट्रम्पलमन विदेशीतिरका उत्कृष्ट खेलाडी बने । उनले १० खेलमा १५ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु पर्‍यो ।
— नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार उत्कृष्ट ब्याटरका रूपमा च्याम्पियन लुम्बिनी लायन्सका रोहित पौडेल चुनिएका छन् । उनले यो सिजनमा २७६ रन बनाएका छन् । यस्तै विराटनगर किंग्सका सन्दीप लामिछाने उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उनको नेतृत्वमा विराटनगरले प्ले अफको यात्रा तय गरेको थियो । विराटनगर क्वालिफायर ...
— जिरोनाले स्पेनी ला लिगामा शुक्रबार रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ । जिरोनाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । यो जितमा दुवै गोल भिक्टर सेन्कोभले दोस्रो हाफमा गरे । रियल सोसिडाडले गोन्साले गुडेसको गोलले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् र घरमै पराजित भयो ...
— जर्मन बुंडेसलिगामा शुक्रबार युनियन बर्लिनले लाइपजिगलाई ३–१ ले पराजित गरेको छ । यो उपाधि होडमा रहेको लाइपजिगलाई ठूलो धक्का रहेको छ । हारले लाइपजिग २९ अंकमा दोस्रो स्थानमा रह्यो । यो शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँग आठ अंकको दूरी हो । अब एक खेल कम खेलेको बायर्नले यो अग्रतालाई अझ बढाउन सक्नेछ । बर्लिन आफै ...
: नेपाल प्रिमियर लिगको फाइनल खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच हुँदैछ। सुदूरपश्चिम रोयल्स लिग चरणदेखि नै आफ्नो उत्कृष्ट फर्ममा छ। फाइनलसम्म पुग्दा १ खेल मात्रै हारेको सुदूरपश्चिमले ‘अन्डर डग’ (अनपेक्षित) बनेर फाइनलमा स्थान बनाएको लुम्बिनी लायन्ससँग उपाधिको लागि खेल्नेछ। पहिलो संस्करणमा पनि उपविजेता बनेको चोटमा मलम लगाउने सुदूरपश्चिमको लक्ष्य हुनेछ। लुम्बिनी आफ्नो पहिलो फाइनलको उत्साह ...