मुख्य समाचार
निर्वाचनका माध्यमबाटै संविधानलाई लिकमा फर्काउनुपर्ने धारणा
निर्वाचनका माध्यमबाटै संविधानलाई लिकमा फर्काउनुपर्ने धारणा

— एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुन:स्थापना गरेरै छाड्ने बताएकै सभामा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने निर्वाचनका माध्यमबाटै संविधानलाई लिकमा फर्काउनुपर्ने धारणा राखेका छन् ।

एमालेको एघारौं महाधिवेशनको शुभकामना दिने क्रममा खड्काले प्रतिनिधिसभा पुन:स्थापनाको विषय अदालतको विचाराधीन विषय भएकाले त्यसलाईसमेत खुला राख्दै अहिलेको अवस्थामा कांग्रेस निर्वाचनको पक्षमा रहेको बताएका हुन् ।

‘अहिलेको अवस्थामा संविधानलाई लिकमा फर्काउने काम निर्वाचनले मात्रै गर्न सक्छ भन्ने हाम्रो पार्टीको धारणा छ,’ खड्काले भने, ‘शान्तिपूर्ण र भयरहित निर्वाचनको वातवरण बनाउने दायित्व सरकार र निर्वाचन आयोगकोले पूरा गर्नुपर्छ ।’

एमालेको महाधिवेशनलाई सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट कार्यबाहक सभापति खड्का गएका थिए । खड्काले भदौ २३ र २४ गतेको घटनामा प्रहरीबाट लुटिएका हतियार र भागेका कैदीबन्दीहरुका कारण निर्वाचनमा भयको वातवरण भइरहेको बताए ।

‘निर्वाचनमा सबैले भाग लिने वातवरण सुनिश्चिता बनाउने काम सरकारको हो । तर के सरकारका निर्णय र गतिविधिहरु निर्वाचन गराउने र भयरहित वातवरण बनाउन सरकारका निर्णय र विचाहरु अघि बढेका छन् ? यसतर्फ हामीहरु गम्भीर छौं,’ उनले भने,‘सरकार पनि गम्भीर भएर निर्वाचनको वातवरण बनाउने काम गरोस् ।’

खड्काले भदौ २३ र २४ गटेको घटनाको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय छानबिन आयोगले आग्रह र पूर्वाग्रह छाडेर निष्पक्ष प्रतिवेदन ल्याउन आग्रह गरेका छन् । उनले नेताहरुलाई स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने कामले समितिको काममा सशंकित बन्नुपरेको धारणा राखे ।

उनले अहिलेको संकटको निकासका लागि आन्तरिक रुपमा साझा विचार भएका र जेन–जी पुस्ताहरुलाईसमेत जोडेर नयाँ एकता र सहकार्यको निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका छन् । दिक्तेलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले ७० वर्षदेखि भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका हुन् । स्रोत साधनले भरिपूर्ण देशमा भ्रष्टहरूले शासन चलाएकाले गरिब भएर हेपिनु परेको समेत साम्पाङले जनाए । दृष्टिकोणबिनाका नेताहरूलाई चुनेकाले ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कर्णाली प्रदेशलाई नेकपाको गौरवशाली इतिहास बोकेको प्रदेशका रुपमा लिने गरेको बताएका छन् । कर्णालीमा शनिबार एकता सन्देशसभामा सम्बोधन गर्न सुर्खेत पुगेका उनले जनयुद्ध र जनआन्दोलमा हजारौं सहिदहरु, घाइते बेपत्ता भाएकाहरुको त्याग र तपस्याकै कारण विरताको प्रतिकका रुपमा कर्णालीलाई लिने गरिएको बताए । ‘कर्णाली हाम्रो पार्टीको परिवर्तनको गाथा कोरेको प्रदेश हो,' ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिज्ञ धेरै भए पनि नेतृत्व-कौशलको कमी भएकाे बताएका छन् । शनिबार पोखरामा उज्यालो नेपाल पार्टीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘लिडर र पोलिटिसियनमा धेरै फरक छ । लिडरहरू चाहिँ देशको समृद्धिका लागि, देशको सुशासनका ...
— नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् । ‘म प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी)को संस्थापक निर्देशक हो । मैले त्यहाँ पनि संगठित अपराधको जालोलाई तोड्ने काम गरेको थिएँ,’ शुक्रबार श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै उनले भने,‘यहाँ पनि श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई ...
— नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेसँगै राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता खनालले पुँजीवाद र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्यूनिस्ट मिलेर समाजवाद स्थापनामा जुट्न आवश्यक रहेको बताए । 'यो नयाँ पार्टी हैन, ७६ वर्षअघि कमरेड पुष्पलालले ...