मुख्य समाचार
लागुऔषधसहित चार युवा पक्राउ
लागुऔषधसहित चार युवा पक्राउ

— प्रहरीले प्रतिबन्धित औषधि (लागुऔषध)सहित वीरगन्जबाट चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पर्सा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका–२४ रामगढवाका २० वर्षीय युवराज पटेल, २१ वर्षीय अफजल देवान, धादिङ बेनिघाट रोराङ गाउँपालिका–६ का १९ वर्षीय रामहरि मगर र धादिङ सिदलेख गाउँपालिका–७ का १९ वर्षीय राजकुमार मगराती छन् ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर वीरगन्जबाट खटिएको टोलीले उनीहरुलाई मंगलबार साँझ ६ बजे वीरगन्ज–१५ प्रतिमाचोकस्थित टिकट काट्ने काउन्टर अगाडि रोकिराखिएको बागमती प्रदेश ०८–००१ ज ०११७ नम्बरको इभी गाडीबाट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो । उनीहरुले सुटकेसभित्र लुकाइछिपाइ लागुऔषध राखेका थिए । बरामद भएको लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ६० हजार ५ सय ३० गोटा रहेको छ ।

अनुसन्धानपछि उनीहरुको वीरगन्ज महानगरपालिका–२४ रामगढवामा रहेको डेराबाट लागुऔषध १५ हजार ६ सय ४० गोटा बरामद भएको थियो । कुल ७६ हजार १ सय ७० गोटा लागुऔषध उनीहरुबाट बरामद भएको हो । उनीहरुविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका छन् । दिक्तेलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले ७० वर्षदेखि भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका हुन् । स्रोत साधनले भरिपूर्ण देशमा भ्रष्टहरूले शासन चलाएकाले गरिब भएर हेपिनु परेको समेत साम्पाङले जनाए । दृष्टिकोणबिनाका नेताहरूलाई चुनेकाले ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कर्णाली प्रदेशलाई नेकपाको गौरवशाली इतिहास बोकेको प्रदेशका रुपमा लिने गरेको बताएका छन् । कर्णालीमा शनिबार एकता सन्देशसभामा सम्बोधन गर्न सुर्खेत पुगेका उनले जनयुद्ध र जनआन्दोलमा हजारौं सहिदहरु, घाइते बेपत्ता भाएकाहरुको त्याग र तपस्याकै कारण विरताको प्रतिकका रुपमा कर्णालीलाई लिने गरिएको बताए । ‘कर्णाली हाम्रो पार्टीको परिवर्तनको गाथा कोरेको प्रदेश हो,' ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिज्ञ धेरै भए पनि नेतृत्व-कौशलको कमी भएकाे बताएका छन् । शनिबार पोखरामा उज्यालो नेपाल पार्टीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘लिडर र पोलिटिसियनमा धेरै फरक छ । लिडरहरू चाहिँ देशको समृद्धिका लागि, देशको सुशासनका ...
— नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् । ‘म प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी)को संस्थापक निर्देशक हो । मैले त्यहाँ पनि संगठित अपराधको जालोलाई तोड्ने काम गरेको थिएँ,’ शुक्रबार श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै उनले भने,‘यहाँ पनि श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई ...
— नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेसँगै राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता खनालले पुँजीवाद र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्यूनिस्ट मिलेर समाजवाद स्थापनामा जुट्न आवश्यक रहेको बताए । 'यो नयाँ पार्टी हैन, ७६ वर्षअघि कमरेड पुष्पलालले ...