मुख्य समाचार
सरकार चुनावको वातावरण बनाउन नलागेको भन्दै प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने बताए
सरकार चुनावको वातावरण बनाउन नलागेको भन्दै प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने बताए

— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावको वातावरण बनाउन नलागेको भन्दै प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने बताएका छन् । एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा मन्तव्य राख्दै ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने बताएका हुन् ।

‘संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्छ । संसद्‌‌मार्फत संविधान संशोधन हुनुपर्छ ।संसद् विघटन हुनुहुँदैन भनेर काम चलाउ प्रधानमन्त्रीको नाताले संवैधानिक बाटो देखाएको थिएँ । तर, देशलाई उल्टो दिशामा लगियो । बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटनको सिफारिस गरियो । असंवैधानिक सिफारिसबाट विघटन भयो,’ ओलीले भने, ‘यो असंवैधानिक छ । गलत छ । जनताले चुनेका प्रतिनिधिहरूलाई घर फर्काउनु भनेको लोकतन्त्र कमजोर बनाउनु हो । प्रतिनिधिसभा विघटन मान्य छैन । असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुन:स्थापना तुरुन्त हुनुपर्छ भन्ने हाम्रो अडान हो ।’

उनले फागुन २१ को चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश पाएको सरकारले चुनावी वातावरण बनाउने भन्दा बिथोल्ने दिशामा काम गरिरहेको बताए । ‘के अहिले चुनावको तयारी भइरहेको छ ? देखिँदैन । चुनाव चाहने सरकार थियो भने सबै दलको विश्वास जित्दथो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सुरक्षित वातावरण बनाउँथ्यो । दललाई चुनावमा सहभागी गराउन वातावरण बनाउँथ्यो । निर्भयको वातावरण बनाउँथ्यो । लुटिएका प्रहरीका हतियार फिर्ता ल्याउँथ्यो । भागेका कैदबन्दीहरु फर्काउँथ्यो,’ ओलीले थपे, ‘तर, सरकारले मिडिया ट्रायल र राजनीतिक दलहरूकाविरुद्ध धम्की, नेताहरूको राहदानी रद्द र स्थान हद, निषेधाज्ञा गर्ने काम गरिरहेको छ । यसले दबाब र आतंक बढ्छ कि मतदानको सुरक्षा हुन्छ ? लोकतान्त्रिक प्रणाली र विधिद्वारा शान्तिपूर्ण वातावरणबाट चुनाव होस् भन्ने भनाइ हो । डर, दबाब र प्रतिशोधको छायाबाट चुनाव हुन्छ भन्ने एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ । तर, अहिले चुनाव हुँदै छ र ? होइन, चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै हुँदैछ । देशलाई अलमलाउनका लागि । त्यसैले हाम्रो अडान छ प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका छन् । दिक्तेलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले ७० वर्षदेखि भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका हुन् । स्रोत साधनले भरिपूर्ण देशमा भ्रष्टहरूले शासन चलाएकाले गरिब भएर हेपिनु परेको समेत साम्पाङले जनाए । दृष्टिकोणबिनाका नेताहरूलाई चुनेकाले ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कर्णाली प्रदेशलाई नेकपाको गौरवशाली इतिहास बोकेको प्रदेशका रुपमा लिने गरेको बताएका छन् । कर्णालीमा शनिबार एकता सन्देशसभामा सम्बोधन गर्न सुर्खेत पुगेका उनले जनयुद्ध र जनआन्दोलमा हजारौं सहिदहरु, घाइते बेपत्ता भाएकाहरुको त्याग र तपस्याकै कारण विरताको प्रतिकका रुपमा कर्णालीलाई लिने गरिएको बताए । ‘कर्णाली हाम्रो पार्टीको परिवर्तनको गाथा कोरेको प्रदेश हो,' ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिज्ञ धेरै भए पनि नेतृत्व-कौशलको कमी भएकाे बताएका छन् । शनिबार पोखरामा उज्यालो नेपाल पार्टीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘लिडर र पोलिटिसियनमा धेरै फरक छ । लिडरहरू चाहिँ देशको समृद्धिका लागि, देशको सुशासनका ...
— नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् । ‘म प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी)को संस्थापक निर्देशक हो । मैले त्यहाँ पनि संगठित अपराधको जालोलाई तोड्ने काम गरेको थिएँ,’ शुक्रबार श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै उनले भने,‘यहाँ पनि श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई ...
— नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेसँगै राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता खनालले पुँजीवाद र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्यूनिस्ट मिलेर समाजवाद स्थापनामा जुट्न आवश्यक रहेको बताए । 'यो नयाँ पार्टी हैन, ७६ वर्षअघि कमरेड पुष्पलालले ...