मुख्य समाचार
तिरहुतका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा
तिरहुतका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा

— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवसहित ११ जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालत पुगेको छ ।

उनीहरुले कामै नगरी ११ लाखभन्दा बढी रकम निकासा लिएको आरोपसहित आयोगले २०८० माघ २५ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले ०८१ असार १८ मा दिएको सफाइ त्रुटिपूर्ण भन्दै आयोगले शुक्रबार उनीहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

आर्थिक वर्ष ०७५/०७६ मा तिरहुत गाउँपालिका–५ स्थित पर्यटन क्षेत्रमा आरसीसी गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन र व्यवस्थापनसम्बन्धी कार्यमा काम गरेभन्दा ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँ बढी भुक्तानी लिएको आयोगको आरोप छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव र इन्जिनियर खुर्सेद इक्राममाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) र दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानाको मागदाबी लिएको थियो भने लेखा प्रमुख सोनुकुमार सोनीमाथि सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी ७ लाख ३५ हजार २ सय ८० रुपैयाँ बिगो मागदाबी लिइएको थियो ।

गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वे, योजना अनुगमन समितिका सदस्यहरु दुर्गानन्द यादव, विरेन्द्रकुमार यादव, भोगनन्द महत्मान यादव र रमानन्द चौधरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा कैद र जरिवाना सजाय मागदाबी लिई आयोगले मुद्दा दायर गरेको थियो । उपभोक्ता समिति अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्री देवीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँको बिगो र बिगोसमेत जफत हुन मागदाबी लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका छन् । दिक्तेलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले ७० वर्षदेखि भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका हुन् । स्रोत साधनले भरिपूर्ण देशमा भ्रष्टहरूले शासन चलाएकाले गरिब भएर हेपिनु परेको समेत साम्पाङले जनाए । दृष्टिकोणबिनाका नेताहरूलाई चुनेकाले ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कर्णाली प्रदेशलाई नेकपाको गौरवशाली इतिहास बोकेको प्रदेशका रुपमा लिने गरेको बताएका छन् । कर्णालीमा शनिबार एकता सन्देशसभामा सम्बोधन गर्न सुर्खेत पुगेका उनले जनयुद्ध र जनआन्दोलमा हजारौं सहिदहरु, घाइते बेपत्ता भाएकाहरुको त्याग र तपस्याकै कारण विरताको प्रतिकका रुपमा कर्णालीलाई लिने गरिएको बताए । ‘कर्णाली हाम्रो पार्टीको परिवर्तनको गाथा कोरेको प्रदेश हो,' ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिज्ञ धेरै भए पनि नेतृत्व-कौशलको कमी भएकाे बताएका छन् । शनिबार पोखरामा उज्यालो नेपाल पार्टीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘लिडर र पोलिटिसियनमा धेरै फरक छ । लिडरहरू चाहिँ देशको समृद्धिका लागि, देशको सुशासनका ...
— नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् । ‘म प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी)को संस्थापक निर्देशक हो । मैले त्यहाँ पनि संगठित अपराधको जालोलाई तोड्ने काम गरेको थिएँ,’ शुक्रबार श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै उनले भने,‘यहाँ पनि श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई ...
— नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेसँगै राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता खनालले पुँजीवाद र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्यूनिस्ट मिलेर समाजवाद स्थापनामा जुट्न आवश्यक रहेको बताए । 'यो नयाँ पार्टी हैन, ७६ वर्षअघि कमरेड पुष्पलालले ...