मुख्य समाचार
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जतिसक्दो छिटो बुढीगण्डकी जलविद्युत् आयोजनाको काम थाल्नुपर्ने बताए
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जतिसक्दो छिटो बुढीगण्डकी जलविद्युत् आयोजनाको काम थाल्नुपर्ने बताए

— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जतिसक्दो छिटो बुढीगण्डकी जलविद्युत् आयोजनाको काम थाल्नुपर्ने बताएका छन् ।

शुक्रबार भिमसेन थापा गाउँपालिकास्थित जागेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बुढीगण्डकी आयोजनाले मूर्त रूप लिन नसकेको भन्दै चिन्ता जनाए ।

संघ सरकारसँग राष्ट्रिय समन्वय परिषद्को बैठक र राष्ट्रिय समस्या समाधान समितिको बैठकमा पनि आयोजनाको बारेमा पटक/पटक कुरा उठाएको उनले बताए । ‘बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि कुरा भएको छ, अब आयोजना सम्पन्न गर्न सबैको ध्यानाकर्षणका लागि गण्डकी र बागमती प्रदेश तथा डुबान क्षेत्रमा पर्ने स्थानीय सरकारको सरकारको संयुक्त बैठक बसेर संघ सरकारसँग आयोजना छिटो सम्पन्न गर्न पहल गर्छौँ,’ उनले भने ।

आयोजना निर्माण भए धादिङ र गोरखाका जनताको आयआर्जनमा पनि गुणात्मक परिवर्तन आउने उनले बताए । ‘विद्युत् मात्र नभएर पर्यटन सहित नयाँ खालको आयोजना बन्छ, यसले धेरै कुरा समेट्छ आर्थिक स्थिति नै कायापलट हुन सक्ने अवस्था छ,’ उनले भने,‘छिटो भन्दा छिटो यसलाई सम्पन्न गर्न दुई प्रदेशको संयुक्त सरकारको तर्फबाट संघ सरकारसँग पहल गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका छन् । दिक्तेलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले ७० वर्षदेखि भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका हुन् । स्रोत साधनले भरिपूर्ण देशमा भ्रष्टहरूले शासन चलाएकाले गरिब भएर हेपिनु परेको समेत साम्पाङले जनाए । दृष्टिकोणबिनाका नेताहरूलाई चुनेकाले ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कर्णाली प्रदेशलाई नेकपाको गौरवशाली इतिहास बोकेको प्रदेशका रुपमा लिने गरेको बताएका छन् । कर्णालीमा शनिबार एकता सन्देशसभामा सम्बोधन गर्न सुर्खेत पुगेका उनले जनयुद्ध र जनआन्दोलमा हजारौं सहिदहरु, घाइते बेपत्ता भाएकाहरुको त्याग र तपस्याकै कारण विरताको प्रतिकका रुपमा कर्णालीलाई लिने गरिएको बताए । ‘कर्णाली हाम्रो पार्टीको परिवर्तनको गाथा कोरेको प्रदेश हो,' ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिज्ञ धेरै भए पनि नेतृत्व-कौशलको कमी भएकाे बताएका छन् । शनिबार पोखरामा उज्यालो नेपाल पार्टीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘लिडर र पोलिटिसियनमा धेरै फरक छ । लिडरहरू चाहिँ देशको समृद्धिका लागि, देशको सुशासनका ...
— नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् । ‘म प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी)को संस्थापक निर्देशक हो । मैले त्यहाँ पनि संगठित अपराधको जालोलाई तोड्ने काम गरेको थिएँ,’ शुक्रबार श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै उनले भने,‘यहाँ पनि श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई ...
— नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेसँगै राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता खनालले पुँजीवाद र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्यूनिस्ट मिलेर समाजवाद स्थापनामा जुट्न आवश्यक रहेको बताए । 'यो नयाँ पार्टी हैन, ७६ वर्षअघि कमरेड पुष्पलालले ...