मुख्य समाचार
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

— भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

विशेष अदालतले मागेको धरौटी बुझाएर भट्टराई रिहा भएका हुन् । अख्तियारले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा र उनीसहित तीनजनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचारमा ७९ लाख ८० हजार र सम्पत्ति शुद्धीकरणमा १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो । अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएर मुद्दा अदालत पुर्‍याएको थियो । त्यसको भोलिपल्टै शुक्रबार विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य नारायणप्रसाद पौडेलको इजलासले भट्टराईलाई धरौटीमा छाड्न आदेश दिएको थियो । तर न्यायाधीश दिल्लीरत्न श्रेष्ठले भने पुर्पक्षमा पठाउनु पर्ने फरक राय दिएका थिए ।

तर बहुमत न्यायाधीशको इजलासले दिएको आदेशबमोजिम भट्टराई तोकिएको धरौटीअनुसार बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । भिजिट भिसा प्रकरणमा भट्टराईलाई विमानस्थलबाट ७ जेठ २०८२मा पक्राउ गरी अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका छन् । दिक्तेलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले ७० वर्षदेखि भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका हुन् । स्रोत साधनले भरिपूर्ण देशमा भ्रष्टहरूले शासन चलाएकाले गरिब भएर हेपिनु परेको समेत साम्पाङले जनाए । दृष्टिकोणबिनाका नेताहरूलाई चुनेकाले ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कर्णाली प्रदेशलाई नेकपाको गौरवशाली इतिहास बोकेको प्रदेशका रुपमा लिने गरेको बताएका छन् । कर्णालीमा शनिबार एकता सन्देशसभामा सम्बोधन गर्न सुर्खेत पुगेका उनले जनयुद्ध र जनआन्दोलमा हजारौं सहिदहरु, घाइते बेपत्ता भाएकाहरुको त्याग र तपस्याकै कारण विरताको प्रतिकका रुपमा कर्णालीलाई लिने गरिएको बताए । ‘कर्णाली हाम्रो पार्टीको परिवर्तनको गाथा कोरेको प्रदेश हो,' ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिज्ञ धेरै भए पनि नेतृत्व-कौशलको कमी भएकाे बताएका छन् । शनिबार पोखरामा उज्यालो नेपाल पार्टीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘लिडर र पोलिटिसियनमा धेरै फरक छ । लिडरहरू चाहिँ देशको समृद्धिका लागि, देशको सुशासनका ...
— नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् । ‘म प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी)को संस्थापक निर्देशक हो । मैले त्यहाँ पनि संगठित अपराधको जालोलाई तोड्ने काम गरेको थिएँ,’ शुक्रबार श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै उनले भने,‘यहाँ पनि श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई ...
— नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेसँगै राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता खनालले पुँजीवाद र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्यूनिस्ट मिलेर समाजवाद स्थापनामा जुट्न आवश्यक रहेको बताए । 'यो नयाँ पार्टी हैन, ७६ वर्षअघि कमरेड पुष्पलालले ...