मुख्य समाचार
नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको
नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको

— नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

एमालेको ११ औँ महाधिवेशनको उद्घाटनका क्रममा ज्ञवालीले जस्तोसुकै परिस्थितिमा पनि पार्टी निरन्तर अगाडि बढ्ने बताए ।

भदौ २४ गते नेपालमाथि शक्तिशाली राष्ट्रले हमला गरेको जस्तो अवस्थामा रहेको ज्ञवालीको भनाइ थियो । 'हामीले चुनौतीपूर्ण अवस्थामा महाधिवेशन आयोजना गर्दैछौं । आजभन्दा ३ महिना अगाडि देशले कल्पना नगरेको विनाशकारी स्थिति सामना गर्‍यो । सन् १८२६ को सुगौली सन्धिपछि देशले युद्ध लड्नुपरेन । तर भदौ २४ गते काठमाडौं लगायतका मुख्य सहरी केन्द्रको दृश्य नेपालमाथि कुनै शक्तिशाली देशले बम वर्षा गरिरहेको, विनाश गरेको जस्तो अकल्पनीय स्थिति सिर्जना भयो,' उनले भने ।

भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि जननिर्वाचित ढलेको र जनप्रतिनिधिको संस्था पनि विघटन गरिएको उनले बताए । 'जननिर्वाचित सरकार ढल्यो । जनताका प्रतिनिधिको थलो प्रतिनिधिसभा विघटन भयो । विधिको शासनको ठाउँमा अराजक शासन आयो,' उनले भने ।

अहिले शासनमा रहेकाहरूले अराजकताको शासन चलाइरहेको र उनीहरूका विरुद्धमा वा आलोचनामा बोल्दा पनि खबरदारी आइरहेको ज्ञवालीले बताए । पुराना पार्टी र नेता तथा एमाले समाप्त भयो भन्ने भाष्य बनाइएको भन्दै ज्ञवालीले असन्तुष्टि जनाए । उनले एमालेको महाधिवेशनले एमाले निरन्तर अगाडि बढिरहेको छ र बढिरहन्छ भन्ने सन्देश दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका छन् । दिक्तेलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले ७० वर्षदेखि भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका हुन् । स्रोत साधनले भरिपूर्ण देशमा भ्रष्टहरूले शासन चलाएकाले गरिब भएर हेपिनु परेको समेत साम्पाङले जनाए । दृष्टिकोणबिनाका नेताहरूलाई चुनेकाले ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कर्णाली प्रदेशलाई नेकपाको गौरवशाली इतिहास बोकेको प्रदेशका रुपमा लिने गरेको बताएका छन् । कर्णालीमा शनिबार एकता सन्देशसभामा सम्बोधन गर्न सुर्खेत पुगेका उनले जनयुद्ध र जनआन्दोलमा हजारौं सहिदहरु, घाइते बेपत्ता भाएकाहरुको त्याग र तपस्याकै कारण विरताको प्रतिकका रुपमा कर्णालीलाई लिने गरिएको बताए । ‘कर्णाली हाम्रो पार्टीको परिवर्तनको गाथा कोरेको प्रदेश हो,' ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिज्ञ धेरै भए पनि नेतृत्व-कौशलको कमी भएकाे बताएका छन् । शनिबार पोखरामा उज्यालो नेपाल पार्टीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘लिडर र पोलिटिसियनमा धेरै फरक छ । लिडरहरू चाहिँ देशको समृद्धिका लागि, देशको सुशासनका ...
— नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् । ‘म प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी)को संस्थापक निर्देशक हो । मैले त्यहाँ पनि संगठित अपराधको जालोलाई तोड्ने काम गरेको थिएँ,’ शुक्रबार श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै उनले भने,‘यहाँ पनि श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई ...
— नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेसँगै राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता खनालले पुँजीवाद र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्यूनिस्ट मिलेर समाजवाद स्थापनामा जुट्न आवश्यक रहेको बताए । 'यो नयाँ पार्टी हैन, ७६ वर्षअघि कमरेड पुष्पलालले ...