— जिरोनाले स्पेनी ला लिगामा शुक्रबार रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ । जिरोनाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो ।
यो जितमा दुवै गोल भिक्टर सेन्कोभले दोस्रो हाफमा गरे । रियल सोसिडाडले गोन्साले गुडेसको गोलले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् र घरमै पराजित भयो ।
यो जितपछि जिरोनाको १५ अंक भएको छ र १७ औं स्थानमा उक्लेको छ । सोसिडाड भने १६ अंकमा १४ औं स्थानमा रह्यो र यो हारले उसमाथि पनि रेलिगेसनको दबाब बढाएको छ ।