मुख्य समाचार
ट्रम्पका तर्फबाट थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामको घोषणापछि पनि दुबै देशबीच लडाइँ जारी
ट्रम्पका तर्फबाट थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामको घोषणापछि पनि दुबै देशबीच लडाइँ जारी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामको घोषणापछि पनि शनिबार दुबै देशबीच लडाइँ जारी छ ।

ट्रम्पले शुक्रबार भनेका थिए, ‘दुवै देशका नेताहरुले आज (शुक्रबार) साँझदेखि सबै प्रकारका गोलीबारी रोक्ने सहमति जनाएका छन् । र मसँग गरिएको मूल शान्ति सम्झौतामा फर्किने निर्णय गरेका छन् ।’

तर शुक्रबार–शनिबार रातिसम्म गोलीबारी जारी रह्यो । यसैबीच, थाइल्यान्डको सेनाले कैयौं रणनीतिक क्षेत्रमा कब्जा गर्ने प्रयास गरिरहेको छ । थाइल्यान्डकी प्रधानमन्त्री अनुटिन चार्नविराकुलले अमेरिकी राष्ट्रपतिसँग भनेकी छन्, ‘युद्धबिराम तबमात्र सम्भव हुनेछ, जब कम्बोडियाले आफ्नो सेना फिर्ता बोलाउने र बारुदी सुरुङ हटाउनेछ ’

उनले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘थाइल्यान्ड तबसम्म सैन्य कारबाही गरिरहनेछ । जबसम्म हाम्रो जमिन र नागरिकका लागि कुनै असुरक्षाको महशुस हुनेछ ।’

थाइल्यान्ड र कम्बोडियाबीच लडाइँमा कम्तिमा २१ जनाको मृत्यु भएको छ र दुवै तर्फका करिब ७ लाख भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रविधि कम्पनीहरूले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई प्लाटफर्ममा पहुँच दिए, उनीहरूलाई ३ करोड ३० लाख डलरसम्म जरिवाना लाग्ने व्यवस्थासहित अस्ट्रेलियाले कानुन कार्यान्वयनमा ल्याएको छ । 'सोसल मिडिया मिनिमम एज ऐन'ले राजनीतिक संवादको अधिकार उल्लंघन गर्ने र यसबारे अस्ट्रेलियाको सर्वोच्च अदालतले व्याख्या गर्नुपर्ने रेडिटले निवेदनमा भनेको छ । कुन प्लाटफर्मलाई प्रतिबन्ध लगाउने भन्ने कुरामा सरकारले एकरूपता ...
— अमेरिकाले भेनेजुयलाको तेल बोक्ने थप ६ जहाजमाथि प्रतिबन्ध लगाएको छ । यसअघि बिहीबार मात्रै भेनेजुयलाको समुद्री तटबाट अमेरिकाले तेलको ट्यांकर कब्जामा लिएको थियो । उक्त ट्यांकर अमेरिकी बन्दरगाहमा ल्याउने लागिएको ह्वाइटहाउसकी प्रवक्ता कारोलिन लियभिट्टले बताएकी छिन् । भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोसँग नजिकको सम्बन्ध भएका केही मानिसलाई पनि अमेरिकाले प्रतिबन्धको सुचीमा राखेको छ । अमेरिकाले भेनेजुयलाको सरकारलाई ...
। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, ...
। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ । यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ । बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ ...
। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको ...