मुख्य समाचार
एनपीएलले फर्कायो सुरक्षा व्यवस्थाप्रतिको भरोसा
एनपीएलले फर्कायो सुरक्षा व्यवस्थाप्रतिको भरोसा

— नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुनु केही दिनअघि जनकपुर बोल्ट्सका एक जना खेलाडीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘रुबी ठाकुर’ नामको आईडीबाट फोन नम्बर माग्दै म्यासेज आयो । ‘नम्बर अथवा तिमी खाली भएका बेला हामी भेट्न सक्छौं ? हामी दुवै जनालाई फाइदा हुने कुरा छलफल गरौं,’ म्यासेजमा भनिएको थियो ।



खेलाडीले कस्तोखाले स्पोन्सर हो भन्ने सोच्दै जवाफ फर्काए । उनीहरूले भेटेर कुरा गर्ने प्रस्ताव राखेपछि खेलाडीले लाजिम्पाटस्थित आफू बसिरहेको डसिट प्रिन्सेस होटल बोलाए ।

होटल पुग्नेमा रेबिकासिंह ठकुरी र भारतीय नागरिक दिलप्रित सिंह थिए, उनीहरूले ती खेलाडीसँग भेट हुनेबित्तिकै १ करोडदेखि ५ करोड रुपैयाँसम्मको अफर गरे । ‘कुनै ओभरमा सांकेतिक तरिकारले रन आउट हुनुपर्ने सर्त उनीहरूको थियो, उनीहरूले कसरी रन आउट हुने भन्ने पनि सिकाइरहेका थिए,’ ती खेलाडी भन्छन्, ‘सिंहले त आफू भारतमा क्रिकेट खेलिसकेको खेलाडी भएको समेत बताएका थिए ।’

नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङको अनुसन्धानबारे जानकार ती खेलाडी आफू बसेकै होटलमा आएर भारतीयले गरेको यस्तो प्रस्तावले झस्किए । त्यसको केही समयपछि आफ्नो साथमा रहेका प्रहरी कर्मचारीलाई उनले फिक्सिङको प्रस्ताव आएको बारे जानकारी गराए ।

Yamaha Quiz Banner
Which part in a four wheeler do the feet control?
1/10
Questions
All of them
Clutch
Accelerator
Brake
नेपाल क्रिकेट संघ (क्यान) ले कुनै प्रकारका फिक्सिङ नहोस् भनेर कडा नीति अख्तियार गर्दै आएको छ । त्यस्तोमा प्रहरीसँग समन्वय गरेर प्रत्येक खेलाडीसँग सादा पोसाकमा सुरक्षाकर्मीसमेत खटाइँदै आएको थियो । ‘सायद प्रहरी राख्ने निर्णयले पनि काम गर्‍यो, सूचना आउनेबित्तिकै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गर्‍यो,’ क्यानका एक अधिकारी भन्छन्, ‘पछि उनीहरूले नै अरू चार जना खेलाडीलाई समेत प्रस्ताव गरेको खुल्यो ।’

Hardik IVF
Laxmi Sunrise bank

२ कात्तिकमा उनीहरूलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । ‘एनपीएलमा गैरकानुनी गतिविधि नहोस् भनेर खेल सुरु हुनुअगावैबाट हाम्रो टोली परिचालित थियो,’ उनले भने, ‘खेल अवधिभर प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमान्डमा २० जनाको टोली सादा पोसाकमा मैदानमा खटिएको थियो ।’

त्यसरी नै खटिएको टोलीले त्रिवि खेल मैदानमा शंकास्पद गतिविधि गरिरहेको आशंकामा आठ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । ‘खेल मैदानमा खटिएको टोलीले उनीहरू खेलमा भन्दा बढी मोबाइलतिर ध्यान दिइरहेको देखेपछि निगरानी बढाएको थियो,’ आचार्यले भने, ‘पछि सबै त्यहीँ बसेर बेटिङमा संलग्न रहेको थाहा भयो ।’


प्रहरीले खेल मैदानबाट भारतको आन्ध्र प्रदेश घर भएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नवीन मडेला, ३२ वर्षीय महमद रफी शेख, १९ वर्षीय सोई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेखचन्द बसललाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट बरामद भएको १५ वटा मोबाइलको अनुसन्धान गर्दा उनीहरूले बेटाकुलर डट लाइभ नाम बेटिङ साइटबाट सट्टेबाजी गराउने गरेको पाइएको थियो ।

‘नेपालमा भइरहेको खेलको टेलिभिजन वा अनलाइनमा लाइभ आउँदा केही सेकेन्ड ढिला हुने रहेछ,’ आचार्यले भने, ‘त्यही ग्यापमा खेलेर उनीहरूले प्रत्येक बलको लाइभ जानकारी आउनुअगावै बाजी राख्ने गरेका रहेछन् ।’ यही कामका लागि उनीहरू केही दिनअघि भारतबाट काठमाडौंसम्म आएको पाइएको छ । उनीहरू सामाखुसीमा एकै ठाउँ बसिरहेको समेत खुलेको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले समेत एनपीएलको सुरक्षाका लागि बेग्लै सुरक्षा योजना बनाएर काम गरेको थियो । मातहतको प्रहरी वृत्त, कीर्तिपुरबाट पनि खेल मैदानमा मात्र १ हजार २ सय २३ सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौं प्रहरीका एसपी पवन भट्टराई बताउँछन् ।

खेलाडीहरूको बासस्थान र आवतजावतको सुरक्षामा २ देखि ४ सय प्रहरी परिचालित थिए । काठमाडौं प्रहरीको एउटा टोलीले एनपीएलका लागि ठूलो संख्यामा दर्शकहरू जम्मा हुँदा हताहती नहोस्, त्यहीँ नाराबाजी र झैझगडा नहोस् भनेर काम गर्‍यो भने अर्को टोलीले सट्टेबाजी, फिक्सिङलगायतको निगरानीको काम गर्‍यो ।

काठमाडौं प्रहरीकै टोलीले अनलाइन सट्टेबाजीमा संलग्न भएको आरोपमा भारतीय नागरिक ५५ वर्षीय धर्मनाथ प्रसाद र नेपाली नागरिक २५ वर्षीय रामानन्द यादवलाई पक्राउसमेत गर्‍यो । काठमाडौं–११, सुन्धारामा रहेको द माउन्ट फुजी होटलको कोठा नम्बर १०१ मा बसेर उनीहरूले सट्टेबाजी गराउने गरेका थिए । प्रहरीका अनुसार, उनीहरूले सम्राटबेट डटकम, स्काईएनप्ले डटकम, स्टार गेम्स डट क्लब, अलप्यान२४७, वानएक्स वेट, वानएक्सक्रिक, एनपीएल२४७ लगायतका वेबसाइटमार्फत नेपाली दुई करोड रुपैयाँभन्दा बढी बराबरको बेटिङ गराएको अनुसन्धानबाट देखिएको छ ।

फरक–फरक व्यक्तिको बैंक खाता अनधिकृत रूपमा प्रयोग गरेर उनीहरूले गैरकानुनी कारोबार गराउने गरेको समेत पाइएको प्रहरी बताउँछ । अनुसन्धानका क्रममा भारतीय नागरिक धर्मनाथले यादवलाई मासिक ४० हजार रुपैयाँ तलब दिने बताएर अनलाइन सट्टेबाजीको कार्यमा जोडेको थाहा भयो । अभद्र व्यवहार गर्ने केहीलाई प्रहरीले नियन्त्रणमा लियो भने नक्कली टिकट बोकेर मैदान प्रवेश गरेका कतिपय पनि पक्राउ परे ।

काठमाडौं प्रहरीका अधिकृतहरूका अनुसार, जेन–जी आन्दोलनपछि पहिलो पटक ठूलो संख्यामा उपस्थितिसहित भएको यो कार्यक्रममा परिस्थिति भड्किए स्थिति नियन्त्रणबाहिर जान सक्थ्यो ।

त्यही विषयलाई ध्यानमा राखेर गृहमन्त्री ओमप्रकाश अर्यालले समेत खेल सुरु हुनुअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौंका एसएसपी रमेश थापालगायतका सुरक्षा अधिकारीलाई बोलाएर कुनै अप्रिय गतिविधि हुन नदिन छलफल गरेका थिए । त्यस बेला मन्त्री अर्यालले पहिलो पटक रात्रिकालीन समयमा क्रिकेट हुन लागेकाले समेत सुरक्षा व्यवस्था अझ मजबुत हुनुपर्ने बताएका थिए ।

‘अस्ति भर्खर विध्वंस भएको पृष्ठभूमिमा खेल मैदानमा भेला हुने भीड जता पनि डाइभर्ट हुन सक्ने स्थिति थियो, तर प्रहरीले कुनै किसिमका अप्रिय गतिविधि हुन दिएन,’ नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, ‘यसले प्रहरी बिस्तारै आफ्नो पुरानै लयमा फर्किंदै छ भन्ने देखाउँछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली राजपरिवारले बेलायतमा कम्पनी खोल्न लागेको भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनोज कुमार भनिने अनुपकुमार सिंह छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भागेर भारततर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए । उनले आफूलाई हिमानी ट्रस्टको कर्मचारी समेत बताएर ठगी गर्ने गरेको खुलेको छ ...
— पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारका क्रममा पूरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । दुर्घटनामा घटनास्थलमै मृत्यु हुनेहरु निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, नवलपुर ...
— रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकाले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताए । सुर्खेतमा कर्णाली प्रदेशस्तरीय राजनीति प्रशिक्षण कार्यक्रममा अर्यालले अहिलेको सरकार यस विषयमा मौन रहेको बताएका हुन् । 'हामीले मानेको जनताको सरकार, नागरिकको सरकार किन मौन छ,' उनले भने, 'तत्कालीन सरकारले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साधेर कारागार ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...
— पूर्व-पश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायी जनाएका छन् । मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए । मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने ...