मुख्य समाचार
निर्माणाधीन दुधौरा पुलको निरीक्षणमा मन्त्री घिसिङ, निर्माण व्यवसायीले भने : पुसभित्रै बनाइसक्छौँ
निर्माणाधीन दुधौरा पुलको निरीक्षणमा मन्त्री घिसिङ, निर्माण व्यवसायीले भने : पुसभित्रै बनाइसक्छौँ

— पूर्व-पश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायी जनाएका छन् ।

मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए ।

मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुहरुले सास्ती बेहोर्नु परेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत् लाइन देखाएर काम रोक्न नहुने र तत्काल सम्पन्न गर्नुपर्ने बताए । पुलनजिकबाट गएको ११ केभी लाइनले निर्माणमा कुनै असर नपर्नेसमेत उनको भनाइ थियो ।

पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती-हिराचन उपक्रम (जेभी) काठमाडौंको रवि सिंहले पछिल्लो पटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए ।

चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती—हिराचन उपक्रम (जेभि)सँग २४ असार २०७५मा १७ करोड २२ लाख (कर सहित)मा ठेक्का समझौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण असार २०७८ भित्र सम्पन्न गर्नु पर्ने थियो । पछिल्लो म्याद थपबमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नु पर्नेछ । पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुनु केही दिनअघि जनकपुर बोल्ट्सका एक जना खेलाडीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘रुबी ठाकुर’ नामको आईडीबाट फोन नम्बर माग्दै म्यासेज आयो । ‘नम्बर अथवा तिमी खाली भएका बेला हामी भेट्न सक्छौं ? हामी दुवै जनालाई फाइदा हुने कुरा छलफल गरौं,’ म्यासेजमा भनिएको थियो । खेलाडीले कस्तोखाले स्पोन्सर हो भन्ने सोच्दै ...
— नेपाली राजपरिवारले बेलायतमा कम्पनी खोल्न लागेको भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनोज कुमार भनिने अनुपकुमार सिंह छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भागेर भारततर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए । उनले आफूलाई हिमानी ट्रस्टको कर्मचारी समेत बताएर ठगी गर्ने गरेको खुलेको छ ...
— पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारका क्रममा पूरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । दुर्घटनामा घटनास्थलमै मृत्यु हुनेहरु निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, नवलपुर ...
— रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकाले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताए । सुर्खेतमा कर्णाली प्रदेशस्तरीय राजनीति प्रशिक्षण कार्यक्रममा अर्यालले अहिलेको सरकार यस विषयमा मौन रहेको बताएका हुन् । 'हामीले मानेको जनताको सरकार, नागरिकको सरकार किन मौन छ,' उनले भने, 'तत्कालीन सरकारले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साधेर कारागार ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...