मुख्य समाचार
गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधान अनुसार नेतृत्व चयन गर्ने निर्णय
गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधान अनुसार नेतृत्व चयन गर्ने निर्णय

: नेकपा एमालेले विधान संशोधन नगर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधान अनुसार नेतृत्व चयन गर्ने निर्णय गरेको हो।


एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन हुनेछ। यस्तै बैठकले १०८ जना प्रतिनिधि मनोनयन गरेको उनले बताए।


बैठकले महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गरेको हो। नामावली भने शनिबार सार्वजनिक गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपमहासचिवमा उम्मेदवारी दिने भएका छन्। यसअघि ओलीको प्यानलबाट सचिवमा नाम आएपछि असन्तुष्टि व्यक्त गरेका भट्टले उपमहासचिवमा उम्मेदवारी दिने भएका हुन्। लेखराज भट्टले सचिवमा दोहरिन नमानेपछि ओली पक्षले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिवमा प्रस्तावित गरेको हो। माओवादीबाट आएका भट्ट दशौं ...
— उत्तरी कोरला नाकामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो । हिउँदयायमा नेपाल–चीन सीमा क्षेत्रमा हुन सक्ने सम्भावित वन्यजन्तुको चोरीसिकारी तथा तस्करीका साथै सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि संयुक्त गस्ती हुने गरेको ...
: नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढंगले अघि बढाउन नेतृत्वमा दाबी गरेको बताएका छन्। सोमबार भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि पद्धति अनुरूप ठिक ढंगले चलाउनका लागि नेतृत्वमा दाबी गरेको बताएका हुन्। अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको उनले बताए। पोखरेलले पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित ...
— मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेषले २४ भदौ २०८१ मा मुद्दामा फैसला गर्दै तीन पूर्वसचिवसहित ११ जनालाई सफाइ दिएको थियो भने सातलाई आंशिक दोषी ठहर गरेको थियो । अनुसन्धानबाट खुलेका तथ्य र प्रमाण तथा अदालतबाट प्रतिपादित नजिर एवं सिद्धान्तलाई अनदेखा गरी विशेषले ...
: नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी र मुलुकलाई अघि बढाउन केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य भएको बताएका छन्। सोमबार भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीको टिमबाट सचिवका उम्मेदवार बस्नेतले कम्युनिस्ट आन्दोलन हाँक्न सक्ने, पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सक्ने नेताहरूको टिम ओलीले बनाएको समेत बताए। बस्नेतले ईश्वर पोखरेलले ...