मुख्य समाचार
हात्तीको आक्रमणबाट सुन्दरहरैँचाका घिमिरेको मृत्यु
हात्तीको आक्रमणबाट सुन्दरहरैँचाका घिमिरेको मृत्यु

— हिउँद याम सुरु भएसँगै पूर्वी तराईका जिल्लामा मानव–हात्ती द्वन्द्व बढेको छ। हिउँद सुरु भएसँगै यस वर्ष पनि बालीनाली सखाप पार्ने तथा विभिन्न भौतिक क्षति पुर्‍याउँदै आएको हात्तीले मानवीय क्षति समेत पुर्‍याउन थालेको छ।



यस क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा शनिवार बिहान हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुन्दरहरैँचा संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरे रहेका छन्। घिमिरेलाई दूध बेच्न जाँदै गर्दा बिहान ५ बजे हात्तीले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको स्थानीय सञ्चारकर्मी कृष्णचन्द्र सुबेदीले जानकारी दिए।

स्थानीयका अनुसार घिमिरेलाई आक्रमण गरेपछि हात्तीको बथान नजिकै रहेको उत्तरतर्फको चारकोसे जङ्गलतर्फ लागेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई चितवनस्थित बसोबासस्थलबाट बिदाइ गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुबै हात्तीलाई सोमबार बिदाइ गरेको हो। आगामी पुस २ गते भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्ने जनाएको छ। हात्तीलाई आवश्यक पर्ने ...
‘दिसोम सोहराई’ चाडको यकिन मितिको खोजीमा सन्थाल समुदायका अगुवा झारखण्ड प्रस्थान
— मकवानपुरको मनहरीमा साथीले बोकेको भरुवा बन्दुक पड्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–६ वालभञ्ज्याङका ५० वर्षीय सेते थिङको साथीले बोकेको भरुवा बन्दुक पड्किँदा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । यहाँको सिस्नेरीपखेरा जंगलमा राक्सिराङ गाउँपालिका–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोन भरुवा बन्दुक बोकेर अगाडि–अगाडि हिँडिरहेका थिए भने सेते पछाडि–पछाडि हिँडिरहेका थिए । ...
: नेकपा एमालेको जारी ११औं महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। महाधिवेशन स्थल भृकुटीमण्डपमा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। ओलीको प्रस्तावकमा रामबहादुर थापा र समर्थकमा विष्णुप्रसाद पौडेल रहेका छन्।
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार क्रिस्टल प्यालेसको चुनौती ३–० ले पन्छाएर आफूलाई उपाधि होडमा कायम