मुख्य समाचार
कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको
कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको

। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए ।

किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको बताएका हुन् ।


‘पुस्तक लेख्ने कार्य कठिन रहेछ । मलाई त झनै कठिन भयो, किनकि म व्यक्तिगत कुरा झट्टै साट्ने चाहने मानिस होइन । तर, पुस्तकमा जीवन छताछुल्ल पार्नुपर्दा कठिन लाग्यो । मैले प्रकाशकसँग आफ्ना विषय छताछुल्ल पार्न गाह्रो हुन्छ पनि भनेको थिएँ । त्यसपछि उहाँले एउटा फर्मेट दिनुभयो र, पुस्तक तयार भयो’, उनले भने ।

पुस्तक लेख्दा ६ महिनादेखि एक वर्षमा सकिएला भन्ने लागेकोमा ३ वर्षमा सकिएको उनले बताए । यस बीचमा लेखक योगेशसँग हृदयका गहिराइका कुरा आफूले गरेको अनुभूति उनले सुनाए ।

पुस्तकमा जीवन, बाल्यकाल, भोगाइ, समाज र यसप्रति मेरो जिम्मेवारी, दृष्टिकोणलगायत विषय पुस्तकमा असाध्यै इमान्दारिता साथ समेटिएको उनले बताए । पुस्तकमा जीवनका विभिन्न विन्दुमा भेटघाट भएका व्यक्तिको जीवनलाई छुँदा भने अलि संवेदनशील भएको उनी बताउँछन् ।

यससँगै जिन्दगी र विज्ञापन विषयमा सहजकर्ता अभय पाण्डेसँग हमाले जीवन, परिचय र अनुभव जस्ता जीवनका आयामहरूबारे मन्थन गरेका थिए।

‘मान्छेको सबैभन्दा रुचिको विषय भनेको अर्को व्यक्ति हो । म कस्तो देखिएको छु, मलाई के सोचिरहेका छन् भन्ने अर्को व्यक्तिको सोचाइमा छ कि छैन भन्ने कुरा मान्छेको दिमागमा खेलिरहेको हुन्छ । तपाईं एकदम भयंकर हुनुपर्छ भन्ने छैन । हरेकको आफ्नै विन्दु र दृष्टिकोण हुन्छ । बौद्धिक रुपमा मात्र हामी फरक हुने हो । सिर्जना गर्ने व्यक्तिलाई आ-आफ्नो हिसाबले सिर्जना गर्ने स्वतन्त्रता हुनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम