: नवलपरासी पूर्व अरुणखोलाबाट पाल्पाको रामपुर नगरपालिका तर्फ गइरहेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्।
आज बिहान १० बजेतिर लु १ ज ३९०८ नम्बरको जिप पाल्पाको निस्दी गाउँपालिका-४ चिउरीबासमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले बताए।
दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत हुन नसकेको र शव पहिचानका लागि विभिन्न पक्षसँग सोधखोजको काम भइरहेको सूचना अधिकारी चौधरीले बताए।
८ जना घाइतेको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। जिप सडकबाट करिब २ मिटर तल खसेको र दुर्घटनाको अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।