। करिब पाँच महिनाको अवधिमा सीमा सुरक्षा सम्बन्धी तीन हजारको हाराहारीमा संयुक्त गस्ती भएका छन् ।
आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म २ हजार ८३२ संयुक्त सीमा गस्ती भएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी मनिष थापाले बताए ।
उनका अनुसार यो तथ्यांक भारतीय सीमा सुरक्षा बल र सशस्त्र प्रहरीको संयुक्त गस्ती हो । चालु आर्थिक वर्षको पाँच महिनामा सशस्त्रको एकल सीमा गस्ती भने १२ हजार ८६५ रहेको डीआईजी थापाले बताए ।
आर्थिक वर्ष २०८१/८२ मा ६ हजार ७९८ संयुक्त गस्ती भएको थियो । त्यतिबेला सशस्त्रको एकल गस्ती भने ३१ हजार ८१२ थियो । आर्थिक वर्ष २०८०/८१ मा ५ हजार ८५१ संयुक्त सीमा गस्ती र ३१ हजार ५२३ सशस्त्रको एकल सीमा गस्ती भएको थापाले बताए ।