: करिब ८ वर्षदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको वीरगन्ज महानगरपालिका–१२ को वडा कार्यालय र स्वास्थ्य चौकी शुक्रबारदेखि आफ्नै नवनिर्मित भवनबाट सञ्चालनमा आएको छ। संघ सरकारको १ करोड २५ लाख रुपैयाँमा निर्मित दुई तल्ले सुविधासम्पन्न भवनमा शुक्रबारदेखि वडा कार्यालय र स्वास्थ्य चौकी सञ्चालनमा ल्याइएको हो।
नवनिर्मित भवनको भुईँ तल्लामा स्वास्थ्य चौकी र माथिल्लो तल्लामा वडा कार्यालय सञ्चालनमा ल्याइएको वडाध्यक्ष सुरेश प्रसाद गुप्ताले जानकारी दिए। नवनिर्मित आफ्नै सुविधासम्पन्न भवनबाट दुवै कार्यालय सञ्चालनमा ल्याएपछि सेवाका लागि आउने सेवाग्राही र उपचारका लागि आउने बिरामीलाई सहज रूपमा सेवा दिन सकिने उनले बताए।