मुख्य समाचार
पार्टीमा एउटै व्यक्ति दुई पटकभन्दा बढी जिम्मेवारीमा नरहने व्यवस्था पार्टी र विधानमै हुनुपर्ने
पार्टीमा एउटै व्यक्ति दुई पटकभन्दा बढी जिम्मेवारीमा नरहने व्यवस्था पार्टी र विधानमै हुनुपर्ने

। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा एउटै व्यक्ति दुई पटकभन्दा बढी जिम्मेवारीमा नरहने व्यवस्था पार्टी र विधानमै हुनुपर्ने बताएका छन् ।

शुक्रबार इतर पक्षले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।


‘हामी यो व्यवस्थालाई पुनव्यवस्थित बनाउन चाहन्छौं । त्यसका लागि दुई पटक भन्दा बढी एउटै व्यक्ति जिम्मेवारीमा नरहने व्यवस्था पार्टीभित्र र विधानमा गर्नुपर्छ । यसको लडाईं हामीले गरिरहेका छौं,’ पाण्डेले भने ।

साथै, उनले विद्या भण्डारीलाई सदस्यता दिने विषयमा पनि ओलीले पहिला र अहिले फरक फरक विचार अघि सारेको भन्दै आपत्ति जनाए ।


‘त्यसैगरी कमरेड विद्या भण्डारी राष्ट्रपति हुनुभयो । उहाँले आएर पार्टीको सदस्यता नवीकरण गर्नुभयो । स्वयं अध्यक्षले राष्ट्रपति भएको व्यक्ति सदस्य भएर पार्टीको सदस्य बन्न मिल्छ कि मिल्दैन भन्दा बन्न मिल्छ भनेर उहाँले तर्क पनि गर्नुभयो । त्यही कुरा अहिले आएर मिल्दैन भन्नुहुन्छ,’ पाण्डेको भनाइ छ ।

पाण्डेले एउटै विषयमा एउटै व्यक्तिले दुईथरी धारणा राखेको भन्दै अध्यक्ष ओलीलाई एउटै विचारमा अडिन पनि आग्रह गरे

‘एउटै विषयमा दुई वटा धारणा एउटै व्यक्तिले गर्छ भने त्यसलाई के भन्ने ? यो नैतिक प्रश्न हुन्छ कि हुँदैन ? एउटै व्यक्तिले एउटै विषयमा भिन्न भिन्न विचार राख्छ भने यो के हो ?,’ पाण्डेले भने, ‘अध्यक्ष कमरेड तपाईं आफैंले भनेको विचारमा उभिनुस् । दुई टर्म र पार्टी सदस्यताको विषयलाई बखेडाको विषय नबनाऔं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको हो। यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बर्दियाबाट आगामी फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि पूर्वसिंचाई मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...
। अभिनेत्री रेखा थापाले किताब र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन् । उनले आफूले किताब पढ्ने गरेको बताइन् । नेपालमा दुःखका कथा धेरै रहेको र आफूले पनि तिनै कथालाई ...
: विराटनगरस्थित कोशी अस्पताल र बाल सुधारगृहबाट भागेका थुनुवा र बाल बिज्याइँकर्ता पक्राउ परेका छन्। अस्पतालको शौचालयबाट भागेका १ जना थुनुवा अढाई महिनापछि पक्राउ परेका छन्। मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालका अनुसार मोरङको कटहरी गाउँपालिका–१ घर भएका २० वर्षीय मोहमद राजुलाई शुक्रबार बिहानका राति पक्राउ गरिएको बताइन्। राजु चोरी मुद्दाका थुनुवा हुन्। ...
। नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई यतिबेला महाधिवेशनले छोपेको छ । पार्टी प्रचार विभागका अनुसार महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यसैबीच अहिले केन्द्रीय कार्यालय च्यासलमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको छ । च्यासलमै एमालेको सचिवालय बैठक पनि जारी छ । पार्टी कार्यालयमा देखिएका अधिकाशं नेताहरू टाउकोमा ढाका टोपी लगाएका छन् । सल्लाघारीमा हुने उद्घाटन सत्रमा भने ...