मुख्य समाचार
नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने
नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने

। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने बताएका छन् ।

काठमाडौं–५ र नुवाकोट–१ का क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेपछि उनले गृहजिल्ला नुवाकोटबाट उम्मेदवारी दिने बताएका हुन् ।


महाराजगञ्जमा शुक्रबार बिहान पत्रकारहरूसँगको छलफलका क्रममा प्रवक्ता महतले भने, ‘नुवाकोट–१ बाट निर्वाचन लड्छु । क्षेत्रीय समितिले सर्वसम्मत एकल सिफारिस गरिसकेको छ । काठमाडौं–५ बाट पनि साथीहरूले सिफारिस गरिदिनुभएको छ ।’

नुवाकोट–१ क्षेत्रीय कार्यसमितिले बिहीबार प्रवक्ता महतको नाम एकल सिफारिस गर्ने निर्णय गरेको थियो । तयसअघि उनको नाम काठमाडौं–५ बाट प्रत्यक्षतर्फ सिफारिस भएको थियो ।


प्रवक्ता महतले फरक प्रसंगमा कुरा गर्दै पार्टीको आशन्न महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा आफ्नो दाबी रहेको पनि बताए ।

‘१५औँ महाधिवेशनमा सभापतिमा मेरो दाबी रहन्छ । सभापतिज्यूसँग नजिक रहेर लामो समय काम गर्दै आएको छु,’ प्रवक्ता महतले भने, ‘उहाँसँग जोडिएका देशभरका नेता–कार्यकर्तासँग मेरो अट्याचमेन्ट छ ।’

उनले समूहबाट अन्य नेताहरूको पनि सभापतिमा दाबी रहेकाले उम्मेदवार को बन्ने भन्नेबारे छलफल चलिरहेको पनि बताए । संस्थापन समूहबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अन्य छ जना पूर्वपदाधिकारीहरू पनि सभापतिको आकांक्षी छन् ।

खड्काबाहेकका आकांक्षी पूर्वपदाधिकारीहरू र प्रवक्ता महत एकसाथ छन् । ‘सात भाइ’ का नामले चिनिने समूहमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह र प्रवक्ता महत छन् ।

उनीहरू प्रायः सभापतिका आकांक्षी हुन् । प्रवक्ता महतले आंकाक्षीमध्ये कुनै एक जना उम्मेदवार हुने बताए । उनले आकांक्षीमध्ये एक जना उम्मेदवार बनाउनका लागि समूहमा अधिकतम प्रयास गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको हो। यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बर्दियाबाट आगामी फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि पूर्वसिंचाई मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...
। अभिनेत्री रेखा थापाले किताब र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन् । उनले आफूले किताब पढ्ने गरेको बताइन् । नेपालमा दुःखका कथा धेरै रहेको र आफूले पनि तिनै कथालाई ...
: विराटनगरस्थित कोशी अस्पताल र बाल सुधारगृहबाट भागेका थुनुवा र बाल बिज्याइँकर्ता पक्राउ परेका छन्। अस्पतालको शौचालयबाट भागेका १ जना थुनुवा अढाई महिनापछि पक्राउ परेका छन्। मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालका अनुसार मोरङको कटहरी गाउँपालिका–१ घर भएका २० वर्षीय मोहमद राजुलाई शुक्रबार बिहानका राति पक्राउ गरिएको बताइन्। राजु चोरी मुद्दाका थुनुवा हुन्। ...
। नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई यतिबेला महाधिवेशनले छोपेको छ । पार्टी प्रचार विभागका अनुसार महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यसैबीच अहिले केन्द्रीय कार्यालय च्यासलमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको छ । च्यासलमै एमालेको सचिवालय बैठक पनि जारी छ । पार्टी कार्यालयमा देखिएका अधिकाशं नेताहरू टाउकोमा ढाका टोपी लगाएका छन् । सल्लाघारीमा हुने उद्घाटन सत्रमा भने ...