मुख्य समाचार
ब्ल्याकपिंक’ स्टार लिसाले नेटफ्ल्क्सिको ‘टाइगो’ बाट कोरियाली फिल्ममा डेब्यू गर्दै
ब्ल्याकपिंक’ स्टार लिसाले नेटफ्ल्क्सिको ‘टाइगो’ बाट कोरियाली फिल्ममा डेब्यू गर्दै

। के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ स्टार लिसा अहिले अभिनयमा केन्द्रित छिन् । आफ्नो देश थाइल्यान्डमा छायांकन गरिएको ‘द ह्वाइट लोटस’ सिजन ३ बाट अभिनयमा डेब्यू गरेकी उनको अभिनय रुचि यत्तिकैमा सीमित छैन ।

पपस्टार अभिनयमा फर्किँदैछन्, त्यो पनि पहिलोभन्दा ठूलो क्यानभासमा ।

डिसेम्बर ५ मा ‘टाइगो’ नामक कोरियाली फिल्ममा उनले अभिनय गर्ने हल्ला चलेको थियो । कोरियाली मिडियाले पनि यसबारे खुबै समाचार लेखे । तर, अहिले आएर हल्ला पुष्टि भएको छ । खास नाम लिसा मनोबल भएकी उनले हलिउड स्टार क्रिस हेम्सवर्थको फ्रेन्चाइजी ‘एक्सट्र्याक्शन’ को स्पिन-अफको लागि डन ली र ली जिन वूसँग सहकार्य गर्नेछिन् ।

लिसाले आफ्नो पहिलो फिल्ममा दुई अनुभवी कोरियाली कलाकारसँग अभिनय गरेकी थिइन् । ‘टाइगो’ शीर्षकको यो कोरियाली फिल्म चाहिँ उनको पहिलो कोरियन प्रोजेक्ट हो ।


फिल्ममा उनले कोरियाली भाषामै कुराकानी गर्नेछिन् वा विदेशीको भूमिकामा प्रस्तुत हुनेछिन् भन्ने थाहा छैन, तर के-पप उद्योगमा काम गरेको पछिल्लो दशकभन्दा बढी समयको अनुभव पक्कै पनि यसमा मिसिनेछ ।

नेटफ्लिक्सले यो फिल्मको नेतृत्व गर्नेछ । कोरियाली प्रायद्वीपमा सेट गरिएको एक्सट्र्याक्सन फिल्म यसअघि नेटफ्ल्क्सिको हिट फिल्म थियो । यसपटक पनि प्लाटफर्मले निर्देशक ली साङ योङसँग हात मिलाएको छ । निर्देशक योङले यसअघि डन लीसँग द राउन्डअप २, द राउन्डअप ३ र आगामी द राउन्डअप ५ मा काम गरिसकेका छन् ।

यो फिल्मले टाइगो उपनाम भएको भाडाको सिपाहीको कथालाई पछ्याउनेछ जो केवल बाँच्न खोज्छ । ऊ भाग्दै आएको छ र बाल्यकालदेखि नै एउटा संगठनमा संलग्न छ । उसको छेउमा हुर्किएको, लिया त्यस्तो व्यक्ति हुन् जसलाई उसले साथी बनाउँछ र बाँच्ने आधार पाउँछ ।

एउटा मिसनको क्रममा, उनी एक आपराधिक संगठनद्वारा अपहरण गरिएपछि हराउँछिन्, जसले उनलाई खतरनाक कामहरू गर्न उत्प्रेरित गर्छ । अर्कोतर्फ, अरमान चोईले टाइगोको विपरीत उभिएर उनको सामना गर्छन् ।

‘एक्सट्र्याक्शन’ युनिभर्समा सेट गरिएको यो नयाँ फिल्ममा काम गर्न तीनै जनाले उत्साह व्यक्त गरेका छन् । यो ‘ब्ल्याकपिंक’ सदस्यको पहिलो एक्सन भूमिका हुनेछ, जसले प्रशंसकमा उत्साह जगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अहिलेको समयमा सर्वाधिक लोकप्रिय भारतीय गायकहरूमध्येका एक हुन्, अरिजीत सिंह । उनले आफ्नो सांगीतिक करियरमा कैयौँ सुपरहिट गीतहरू दिएका छन् । चलचित्र गायनमा त उनले कब्जा नै जमाएका छन्। तर हिजो मंगलबार साँझ अकस्मात् उनले चलचित्र गायन अब रोक्ने घोषणा गरे । सामाजिक सञ्जालमार्फत गरेको उनको त्यस्तो घोषणापछि फ्यानहरू अचम्ममा परे । किन ? भनेर प्रश्नहरू ...
४ वर्षको पर्खाइपछि चर्चित के-पप ब्यान्ड बीटीएस सांगीतिक टूरमा फर्कदैछ । अहिले यो टूरको टिकटलाई यति धेरै मारामार भएको छ कि मेक्सिकोकी राष्ट्रपतिले नै दक्षिण कोरियाली समकक्षीलाई आफ्नो देशमा अझै शो थपिदिन अनुरोध गरेकी छिन् । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले सोमबार भनिन्, ‘मैले कोरियाका राष्ट्रपतिलाई चिठी त लेखेकी छु… अहिलेसम्म जवाफ त आएको छैन, तर आशा ...
। पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन् । सोमबारको ‘वाल स्ट्रिट जर्नल’ मा पूरा एक पानाको विज्ञापन नै छापेर आफ्ना कुराहरू राखेका छन् । ग्रामी विजेता गायकले सो विज्ञापनमा एउटा लामो माफीनामा लेखेका छन् । पछिल्ला वर्षमा उनले सामाजिक सञ्जालमार्फत यहुदी समुदायमाथि गरेको प्रहार र ‘नाजीवाद’ को समर्थन गरेकोमा पछुतो मान्दै ...
। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो । चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन हुनेगरी सो सम्बन्धी कानुन परिमार्जन गर्न लागिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानुनलाई परिमार्जनका लागि सांसदहरूले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिबिम्बित ...