मुख्य समाचार
वीरगन्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु
वीरगन्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

: वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज कारागारका एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्लीका ३७ वर्षीय अनिल महत्तो रहेका छन्।


वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीका अनुसार पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका महत्तोलाई स्वास्थ्यमा समस्या भएपछि प्रहरीले उपचारका लागि उनलाई शुक्रबार दिउँसो नारायणी अस्पतालमा लगेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक सुबेदीले बताए।


प्रहरीका अनुसार सवारी ज्यान मुद्दामा अदालतबाट ३ वर्ष कैद सजाय र २ हजार रुपैयाँ जरिवानाको फैसला गरिएपछि वीरगन्ज कारागारमा उनी सजाय काट्दै आएका थिए। उनको कैद सजाय आउँदो चैत महिनामा सकिनेवाला थियो।

मृतक महत्तोको उपचारमा लापरबाही गरिएको भन्दै उनका परिवारजनले अस्पताल परिसरमै केही बेर विवाद गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको हो। यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बर्दियाबाट आगामी फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि पूर्वसिंचाई मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...
। अभिनेत्री रेखा थापाले किताब र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन् । उनले आफूले किताब पढ्ने गरेको बताइन् । नेपालमा दुःखका कथा धेरै रहेको र आफूले पनि तिनै कथालाई ...
: विराटनगरस्थित कोशी अस्पताल र बाल सुधारगृहबाट भागेका थुनुवा र बाल बिज्याइँकर्ता पक्राउ परेका छन्। अस्पतालको शौचालयबाट भागेका १ जना थुनुवा अढाई महिनापछि पक्राउ परेका छन्। मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालका अनुसार मोरङको कटहरी गाउँपालिका–१ घर भएका २० वर्षीय मोहमद राजुलाई शुक्रबार बिहानका राति पक्राउ गरिएको बताइन्। राजु चोरी मुद्दाका थुनुवा हुन्। ...
। नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई यतिबेला महाधिवेशनले छोपेको छ । पार्टी प्रचार विभागका अनुसार महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यसैबीच अहिले केन्द्रीय कार्यालय च्यासलमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको छ । च्यासलमै एमालेको सचिवालय बैठक पनि जारी छ । पार्टी कार्यालयमा देखिएका अधिकाशं नेताहरू टाउकोमा ढाका टोपी लगाएका छन् । सल्लाघारीमा हुने उद्घाटन सत्रमा भने ...