मुख्य समाचार
जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस
जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस

: आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।


बिहीबार वीरगन्जमा बसेको जिल्ला कार्य समितिको बैठकले पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवको एकल नाम सिफारिस गरेको छ। जसपाका उपमहासचिव समेत रहेका यादव, पर्सा क्षेत्र नम्बर १ बाट २०७४ र २०७९ मा गरी लगातार दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।


यस्तै पर्सा क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फको उम्मेदवारमा नेक महमद अन्सारी,उमेशलाल सहनी, पवन पञ्जियार, कुमु मानन्धर र रुबैदा खातुनको नाम सिफारिस गरिएको छ।


जसपाले पर्सा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा पनि प्रेमबाबु पटेलको एकल नाम सिफारिस गरेको छ। यस्तै समानुपातिकतर्फको उम्मेदवारमा नागेन्द्र यादव, हरेन्द्र चौरसिया र बैजन्ती मालाको नाम सिफारिस गरिएको जसपाका वीरगन्ज महानगर समिति अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए।

यसैगरी पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा जनार्दन प्रसाद यादवको एकल नाम सिफारिस गरिएको छ। उक्त क्षेत्रबाट समानुपातिकतर्फ पनि सलमा खातुनको नाम एकल सिफारिस गरिएको यादवले जानकारी दिए।

यस्तै पर्सा क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा तबरेज अहमदको पनि एकल नाम सिफारिस गरिएको छ। उक्त क्षेत्रबाट समानुपातिकतर्फ पनि रम्भा यादवको नाम एकल सिफारिस गरिएको यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अभिनेत्री रेखा थापाले किताब र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन् । उनले आफूले किताब पढ्ने गरेको बताइन् । नेपालमा दुःखका कथा धेरै रहेको र आफूले पनि तिनै कथालाई ...
: विराटनगरस्थित कोशी अस्पताल र बाल सुधारगृहबाट भागेका थुनुवा र बाल बिज्याइँकर्ता पक्राउ परेका छन्। अस्पतालको शौचालयबाट भागेका १ जना थुनुवा अढाई महिनापछि पक्राउ परेका छन्। मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालका अनुसार मोरङको कटहरी गाउँपालिका–१ घर भएका २० वर्षीय मोहमद राजुलाई शुक्रबार बिहानका राति पक्राउ गरिएको बताइन्। राजु चोरी मुद्दाका थुनुवा हुन्। ...
। नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई यतिबेला महाधिवेशनले छोपेको छ । पार्टी प्रचार विभागका अनुसार महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यसैबीच अहिले केन्द्रीय कार्यालय च्यासलमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको छ । च्यासलमै एमालेको सचिवालय बैठक पनि जारी छ । पार्टी कार्यालयमा देखिएका अधिकाशं नेताहरू टाउकोमा ढाका टोपी लगाएका छन् । सल्लाघारीमा हुने उद्घाटन सत्रमा भने ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी समूहबीच भएको सहमति कार्यान्वयनमा गम्भीरता देखाउन सरकारसँग आग्रह गरेका छन्। उनले जेनजी आन्दोलनले स्थापित गरेको सुशासनको संकल्प र अठोट अब सबैको साझा जिम्मेवारी र कर्तव्य बन्नुपर्नेमा जोड दिएका छन्। महामन्त्री शर्माले राजनीतिक दलहरूलाई लोकतन्त्रको मुख्य र अविछिन्न सारथि मान्दै सहमतिको हस्ताक्षर गर्ने क्रममा दलहरूलाई स्वामित्व र अपनत्व ...
: गृह मन्त्रालयले विगत तीन महिनाको अवधिमा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा निर्णयहरू मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको जनाएको छ। गृह मन्त्रालयका अनुसार सो अवधिमा मन्त्रालयबाट गएका १० वटा प्रस्तावहरूमध्ये मन्त्रिपरिषद्माबाट ९ वटा स्वीकृत भइ कार्यान्वयनका क्रममा छन्। जेनजी आन्दोलनका कूल २ हजार ४२९ घाइतेमध्ये, मङ्सिर २३ गतेसम्ममा ६४८ जनाले जेनजी घाइते परिचयपत्र प्राप्त ...