मुख्य समाचार
समानुपातिकतर्फको बन्दसूचीमा समावेशी प्रतिनिधित्वको प्रतिशत टुंग्याउन समिति गठन
समानुपातिकतर्फको बन्दसूचीमा समावेशी प्रतिनिधित्वको प्रतिशत टुंग्याउन समिति गठन

। समानुपातिकतर्फको बन्दसूचीमा समावेशी प्रतिनिधित्वको प्रतिशत टुंग्याउन समिति गठन भएको छ । ६ सदस्यीय समितिले राष्ट्रिय जनगणनाका आधारमा समावेशी आधार प्रतिशत तय गरी तीन दिनभित्र प्रतिवेदन तयार गर्ने कार्यदिश पाएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गृहमन्त्री ओम प्रकाश अर्यालज्यूको अध्यक्षतामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, मुख्य सचिव सुमनराज अर्याल, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर सहित निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको थियो । उक्त छलफलमा गृहसचिव रामेश्वर दंगाल र प्रमुख तथ्यांक अधिकारी मधु सुदन बुर्लाकोटी लगायत पनि थिए ।


जहाँ प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत जनसंख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सम्बन्धमा छलफल भएको थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ को उपदफा (५) मा यस सम्बन्धी व्यवस्था छ । जसअनुसार राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसंख्याका आधारमा दलित, आदिवासी जनजाती, खस आर्य, मधेसी, थारू, मुस्लिम समेतको समानुपातिक प्रतिनिधित्व हुनेगरी समावेशी सिद्धान्तबमोजिम बन्दसूची तयार गर्नुपर्ने व्यवस्था हुन्छ ।




२०७८ सालमा सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन प्रकाशन भइसकेको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी जनजाती, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्नुपर्ने अवस्था छ ।

यो विषयमा बिहीबार भएको छलफल बमोजिम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाष कुमार भट्टराईको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको हो । समितिमा निर्वाचन आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय तथ्यांक कार्यालयका प्रतिनिधिहरू रहेनेछन् ।

६ सदस्यीय समिति गठन गरी राष्ट्रिय जनगणनाका आधारमा समावेशी आधार प्रतिशत तय गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदिश तोकिएको निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अभिनेत्री रेखा थापाले किताब र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन् । उनले आफूले किताब पढ्ने गरेको बताइन् । नेपालमा दुःखका कथा धेरै रहेको र आफूले पनि तिनै कथालाई ...
: विराटनगरस्थित कोशी अस्पताल र बाल सुधारगृहबाट भागेका थुनुवा र बाल बिज्याइँकर्ता पक्राउ परेका छन्। अस्पतालको शौचालयबाट भागेका १ जना थुनुवा अढाई महिनापछि पक्राउ परेका छन्। मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालका अनुसार मोरङको कटहरी गाउँपालिका–१ घर भएका २० वर्षीय मोहमद राजुलाई शुक्रबार बिहानका राति पक्राउ गरिएको बताइन्। राजु चोरी मुद्दाका थुनुवा हुन्। ...
। नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई यतिबेला महाधिवेशनले छोपेको छ । पार्टी प्रचार विभागका अनुसार महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यसैबीच अहिले केन्द्रीय कार्यालय च्यासलमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको छ । च्यासलमै एमालेको सचिवालय बैठक पनि जारी छ । पार्टी कार्यालयमा देखिएका अधिकाशं नेताहरू टाउकोमा ढाका टोपी लगाएका छन् । सल्लाघारीमा हुने उद्घाटन सत्रमा भने ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी समूहबीच भएको सहमति कार्यान्वयनमा गम्भीरता देखाउन सरकारसँग आग्रह गरेका छन्। उनले जेनजी आन्दोलनले स्थापित गरेको सुशासनको संकल्प र अठोट अब सबैको साझा जिम्मेवारी र कर्तव्य बन्नुपर्नेमा जोड दिएका छन्। महामन्त्री शर्माले राजनीतिक दलहरूलाई लोकतन्त्रको मुख्य र अविछिन्न सारथि मान्दै सहमतिको हस्ताक्षर गर्ने क्रममा दलहरूलाई स्वामित्व र अपनत्व ...
: गृह मन्त्रालयले विगत तीन महिनाको अवधिमा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा निर्णयहरू मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको जनाएको छ। गृह मन्त्रालयका अनुसार सो अवधिमा मन्त्रालयबाट गएका १० वटा प्रस्तावहरूमध्ये मन्त्रिपरिषद्माबाट ९ वटा स्वीकृत भइ कार्यान्वयनका क्रममा छन्। जेनजी आन्दोलनका कूल २ हजार ४२९ घाइतेमध्ये, मङ्सिर २३ गतेसम्ममा ६४८ जनाले जेनजी घाइते परिचयपत्र प्राप्त ...