: जाजरकोटमा हतियार सहित एक युवक पक्राउ परेका छन्। लुकाई छिपाई राखेको एयरगनसहित बारेकोट गाउँपालिका-१, बयालाका २३ वर्षीय दीपेन्द्र बस्नेत पक्राउ परेका हुन्।
अवैध हतियार लुकाई राखेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बारेकोटबाट खटिएको प्रहरीले बिहीबार बस्नेतलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
जिल्ला अदालत जाजरकोटले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ। हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।