मुख्य समाचार
बजेट अभावका कारण नवलपरासीका २३ हजार बालबालिका आयुर्वेद औषधि खानबाट वञ्चित
बजेट अभावका कारण नवलपरासीका २३ हजार बालबालिका आयुर्वेद औषधि खानबाट वञ्चित

: बजेट अभावका कारण नवलपरासीका २३ हजार बालबालिका आयुर्वेद औषधि खानबाट वञ्चित भएका छन्। कुल बालबालिकामध्ये १ हजार बढी बालबालिकालाई मात्र औषधि खुवाइएको छ। नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रले १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु प्राशन (आयुर्वेद औषधि) खुवाउने कार्यक्रम सञ्चालन गरेको छ।


पहिलो चरणमा मंसिर २२ गते सञ्चालन गरिएको कार्यक्रममा ५०५ जना बालक र ५५० जना गरी जम्मा १ हजार ५५ जना बालबालिकालाई औषधि खुवाइएको स्वास्थ्य केन्द्रकी डाक्टर अर्चना शुक्लाले जानकारी दिइन्। जिल्लामा उक्त उमेर समूहका बालबालिकाको संख्या २४ हजार ११५ रहेको स्वास्थ्य कार्यालयका अधिकृत(तथ्याङ्क) यवदेव न्यौपानेले बताए। ‘यो कार्यक्रम पहिलो पटक सञ्चालन गरिएको हो। यति धेरै आउँछन् भन्ने सोचेका थिएनौं। झन्डै २ सयलाई औषधि खुवाउने लक्ष्य लिए पनि धेरैलाई खुवाइयो’, डाक्टर शुक्लाले भनिन्।


स्वास्थ्य केन्द्रले फेरि असार ३ गतेसम्म ७ पटक औषधि खुवाउँदै छ। जसअनुसार आगामी पुस २१, माघ १८, फागुन १७ र चैत १४ गते खुवाइने छ। त्यसैगरी २०८३ वैशाख १०, जेठ ६ र असार ३ गते बालबालिकालाई औषधि खुवाइने डाक्टर शुक्लाले बताइन्।


महिनाअनुसार औषधि खुवाउने दिन फरक छ। ‘पुष्य नक्षत्र’ का दिन मात्र खुवाइने भएकाले पात्रोअनुसार मिति तय गरिएको डाक्टर शुक्लाले बताइन्। ज्वरो आएको बेला, झाडा पखला लागेको बेला यो औषधि खुवाउन नहुने आयुर्वेद चिकित्सकहरूले बताएका छन्। यो औषधि खुवाउँदा बालबालिकाको रोग प्रतिरोध क्षमता वृद्धि गराउने, शारीरिक र मानसिक विकासमा मद्दत गर्ने आयुर्वेद चिकित्सकहरूको भनाइ छ।

सात पालिका रहेको जिल्लामा एक ठाउँबाट मात्र औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिएको हो। जसले गर्दा अधिकांश बालबालिका यो सेवाबाट वञ्चित भएका छन्। बालबालिका छुटेको भन्दै अभिभावकहरूले अब वडाबाटै कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्। तर स्वास्थ्य केन्द्रले भने बजेट अभावका कारण सबैलाई समेट्न असम्भव रहेको जनाएको छ। ‘जिल्लामा पहिलो पटक परीक्षणका रुपमा यो कार्यक्रम सञ्चालन गरिएको हो। बजेट भए वडाबाट पनि सञ्चालन गर्न सकिन्छ। त्यसका लागि पालिका वा वडाले बजेट सहयोग गरे सहज हुने थियो’, डाक्टर शुक्लाले भनिन्।

कार्यक्रमका लागि प्रदेश सरकारले जम्मा एक लाख रुपैयाँ उपलब्ध गराएको छ। चालु आर्थिक वर्षको ८ पटक खुवाउनु पर्ने भएकाले वडाबाट सञ्चालन गर्न नसकिने उनको भनाइ छ। ‘एक वर्षमा एक बालबालिकाले १२ पटक खानु पर्छ। बजेट नभएकाले ८ पटक मात्र खुवाउन लागिएको हो’, शुक्लाले भनिन्।

५ सय जना बालबालिकालाई १२ पटक खुवाउनका लागि झन्डै २ लाख रुपैयाँ खर्च हुने र उक्त रकम वडा वा पालिकाले सहयोग गरे त्यही गएर खुवाउन सकिने डाक्टर शुक्लाको भनाइ छ। स्वर्णविन्दु प्राशन भनेको स्वर्णभष्म, मह र ब्राह्रीघृत (घोलटाप्रेलाई मिश्रण गराएर बनाइएको घ्यू) मिसाएर तयार गरिएको आयुर्वेद औषधि रहेको डाक्टर शुक्लाले बताइन्। थोपाको रुपमा खुवाउने यो औषधि उमेरअनुसार थोपाको मात्र फरक छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम