मुख्य समाचार
हलिउड स्टार लियोनार्दो डिक्याप्रियोलाई प्रतिष्ठित टाइम म्यागजिनले ‘इन्टरटेनर अफ द इयर २०२५’ को रुपमा घोषणा
हलिउड स्टार लियोनार्दो डिक्याप्रियोलाई प्रतिष्ठित टाइम म्यागजिनले ‘इन्टरटेनर अफ द इयर २०२५’ को रुपमा घोषणा

। हलिउड स्टार लियोनार्दो डिक्याप्रियोलाई प्रतिष्ठित टाइम म्यागजिनले ‘इन्टरटेनर अफ द इयर २०२५’ को रुपमा घोषणा गरेको छ ।

विश्वचर्चित म्यागजिनले निर्देशक पल थोमस एन्डरसनको ब्ल्याक कमेडी फिल्म “वन ब्याटल आफ्टर अनदर’ मा उनको अभिनयको लागि डिक्याप्रियोलाई सम्मान गरेको हो ।

फिल्ममा, डिक्याप्रियोले एक पूर्वक्रान्तिकारीलाई आफ्नी छोरीसँग निरन्तर पागलपनसहित बाँचिरहेको पात्रको रुपमा चित्रण गरेका छन्, जबसम्म १६ वर्ष पछि पुरानो शत्रु फेरि देखा पर्दैन । त्यसपछि कथाले नयाँ मोड लिन्छ ।

“मैले धेरै पटक सोचिरहेको छु कि ऐतिहासिक कुनै पनि कुरासँग कुनै सम्बन्ध बिना, कुनै विगतका पात्रहरू, कुनै विधा, कुनै पिशाच, कुनै भूत, कुनै पनि चीजसँग जोडिएका यस्ता कति धेरै यस्ता साँच्चै मौलिक कथा विचारहरू छन्’ अभिनेताले टाइमलाई एक अन्तर्वार्तामा ‘वन ब्याटल आफ्टर एनदर’ फिल्मबारे कुरा गर्दै उनले भने ।


“स्टुडियोको लागि यस्तो कथा लिनु केही हदसम्म जोखिमपूर्ण थियो । मलाई लाग्छ, उनीहरू पल पात्रको कथावाचनको आकर्षण र उसको एक प्रकारको उग्र मौलिकतामा भर परेका छन्’ उनले भने ।

यो फिल्म केही दिनअघि घोषणा गरिएको गोल्डेन ग्लोब्स मनोनयनमा ९ विधामा छनोट भएको छ ।

उक्त लेखमा टाइमले ५१ वर्षीय अभिनेताले कसरी “उनका धेरै साथीहरूले ईर्ष्या गर्ने करियर निर्माण गरेका छन्’ भनेर पनि उल्लेख गरेको छ ।

टाइमले बास्केटबल स्टार अजा विल्सनलाई वर्षको उत्कृष्ट खेलाडीको रूपमा सम्मान दिएको छ भने एनिमेटेड फिल्म “केपप डेमन हन्टर्स’ लाई वर्षको उत्कृष्ट खेलाडीको रूपमा मान्यता दिइएको छ । यो लेख लेख्दासम्म वर्ष व्यक्तिको घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...